घूससहित पक्राउ परेका रौनियार धरौटीमा रिहा | Khabarhub Khabarhub

घूससहित पक्राउ परेका रौनियार धरौटीमा रिहा


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- घुससहित पक्राउ गरेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्राध्यापक डाक्टर राजकुमार रौनियार र डा. रामहरि रौनियार धरौटीमा छुटेका छन् ।

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको मंगलबारको इजलासले दुवैलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालत स्रोतका अनुसार, इजलासको आदेशबमोजिम राजकुमारले ४८ लाख र रामहरिले ४ लाख रुपैयाँ धरौटी बुझाइसकेका छन् ।

२६ असारमा गिना कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशनक सुशीलकुमार झासँग ८ लाख रुपैयाँ घुस लिँदै गर्दा उनीहरु पक्राउ परेका थिए । ९ साउनमा आयोगले उपकुलपति राजकुमारविरुद्ध १ करोड २८ लाख र रामहरिविरुद्ध ८ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १० : २२ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले