शक्तिशाली आँधी डोरिअन अमेरिका पुग्यो « Khabarhub

शक्तिशाली आँधी डोरिअन अमेरिका पुग्यो


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शक्तिशाली आँधी डोरिअन अमेरिका पुगेको छ । बहामसमा विध्वंस निम्त्याएको शक्तिशाली समुद्री आँधी डोरिअन संयुक्त राज्य अमेरिका पुगेको हो ।

डोरिअनले साउथ र नर्थ क्यारोलाइनामा ठूलो वर्षा निम्त्याएको छ। क्याटगरी टु आँधी बिस्तारै उत्तरसँगै अमेरिकाको पूर्वी तटीय क्षेत्रतर्फ बढिरहेको छ।

मौसमविद्‌हरूले केही क्षेत्रमा खतरनाक आँधीको सम्भावना औँल्याएका छन्। साउथ क्यारोलाइनाको चार्ल्सटनमा दुई पटक ठूलो उचाइमा समुद्री छाल आएर गएको बीबीसीले जनाएको छ।

अबका केही दिनभित्र डोरियन कमजोर हुँदै जाने अपेक्षा गरिएको छ। बिहीबार प्रतिघण्टा ११५ किलोमिटर वेगसहितको हावाहुरी चलेकोमा अहिले १०५ किलोमिटरमा झरेको छ। बहामसमा तथ्याङ्क राख्न थालिएयताकै शक्तिशाली आँधीको रूपमा सेप्टेम्बर १ तारिखमा डोरिअन प्रवेश गरेको थियो।

यसअघि डोरिअनले बहामसको अबाको टापुमा हजारौँ घरमा क्षति पुर्‍याएको थियो । त्यतिबेला त्यसले प्रतिघण्टा १८५ किलोमिटरको वेगसहित हावाहुरी निम्त्याएको थियो।

दुई दिनसम्म त्यसले अबाको टापु र ग्र्याण्ड बहामामा असर पुर्‍याएको थियो। बहामसका प्रधानमन्त्री हुबेर्ट मिनिसले उक्त समुद्री आँधीलाई ‘देशमा आएको ठूलो सङ्कटमध्ये एउटा’ भएको बताएका थिए। डोरिअन आँधीका कारण ज्यान गुमाउने मानिसहरूको सङ्ख्या बढ्न सक्ने उनको अनुमान छ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ८ : ४६ बजे

शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

भोजपुर- नेकपा एमालेबाट भोजपुरमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच मुलुकका राजदूतले

सुनिल पौडेलको सिंगापुर बैंक खाताबारे विवरण झिकाउन विशेषको आदेश

काठमाडौं- विशेष अदालतले भ्रष्टाचार (गैरकानुनी सम्पत्ति आर्जन) मुद्दामा प्रतिवादी सुनिल

दोलखामा हिउँदे वर्षासँगै शैलुङ र कालिञ्चाेकमा बाक्लो हिमपात (तस्बिरहरू)

दोलखा– हिमाली जिल्ला दोलखामा हिउँदे वर्षा सँगै हिमपात हुन सुरू

‘अफ्रिकन स्वाइनफिभर’ ले बङ्गुर मर्न थाले

चितवन– जिल्लामा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइनफिभर’ देखिएको छ । गर्मी