मुसाले जाँड खाएपछि… « Khabarhub

मुसाले जाँड खाएपछि…


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निक्कै दिनदेखि मासु खान नपाएको बिरालो मुसाको खोजीमा लागेको थियो । यही बेला एउटा मुसो जाँडको घ्याम्पोमा छिर्‍यो । यो दृश्य बिरालोले देखिरहेको थियो । बिरालो मौका यही हो भनेर घ्याम्पो नजिक पुग्यो ।

नजिकै बिरालो देखेपछि ज्यान नै गुमाउन लागेको मुसोले चिच्याउँदै भन्यो ।
मुसो- बिरालो दाइ, बिरालो दाइ । मलाई बाहिर निकाल्दिनुस् न ।
बिरालो- निकाल्न त निकालौंला तर, एक प्रस्ताव छ । तिमीलाई बाहिर निस्केपछि मैले खान पाउनुपर्छ ।
मुसो- हुन्छ । म यही मर्न लागेँ । बरु बाहिर निस्केपछि तपाईंले जे गरेपनि हुन्छ ।

यो प्रस्ताव मुसाले मानेपछि बिरालोले घ्याम्पो लडाइएछ । मुसो पनि घ्यामेपोवाट फुत्त निस्केर दुलो भित्र छिर्‍यो । यो देखेर बिरालो छक्क पर्‍यो ।

मुसो- घ्याम्पाबाट बाहिर निकालेकोमा धन्यवाद बिरालो दाइ ।
बिरालो – (रिसले चुर भएको बिरालोले जङ्गिदै) अघि तैले के भनेको थिइस ?
मुसो- (नम्र भएर भनेछ) आ दाइ छाडिदिनुहोस् अघि जाँड लागेका बेला के–के भनेँ–भनेँ नरिसाउनु है ।

यति भनेर मुसो दुलोभित्र पसेछ । बिरालो फ्ल्याँट ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १० : ४१ बजे

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं– सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय

न्याय माग्दै पीडितहरू महिला आयोगमा

काठमाडौं– हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको