प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुन्छ– कमल थापा « Khabarhub

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुन्छ– कमल थापा


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडानै हुने बताएका छन् ।

अध्यक्ष थापाले प्रदेश ३ को प्रदेश सभाले छिट्टैस्थायी राजधानी हेटौडा बनाउन आवश्यक निर्णय गर्ने व्यक्त गरे ।

चितवनको भरतपुरमा स्थानीय संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष थापाले आफ्नो गृह जिल्ला मात्र नभई राजधानीका लागि आवश्यक सबै पूर्वाधार भएकाले हेटौंडालाई संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको रुपमा आफूले प्रदेश ३ को अस्थायी राजधानी घोषणा गरेको स्पष्ट पारे ।

अध्यक्ष थापाले पहिला पनि माध्यामाञ्चल क्षेत्रको केन्द्रको रुपमा रहेको र यातायातको दृष्टिकोणबाट पनि अत्यन्तै सुगम रहेको तथा पूर्वाधारका अन्य व्यवस्था पनि भएकाले हेटौंडा प्रदेश ३ को राजधानी बनाउन उपयुक्त हुने तर्क गरे ।

अध्यक्ष थापाले सुर्खेतमा गाई हत्या गरिएकोमा आपत्ति जनाउँदै सरकारले दोषीमाथि कडा कार्वाही गर्नुपर्ने पार्टीको माग गरेको बताए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १२ : २८ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण