ओली स्वदेश फर्किँदा आकाशमा ‘ट्राफिक जाम’, रवीन्द्र मिश्रले पोखे विमान भित्रैबाट पीडा | Khabarhub Khabarhub

ओली स्वदेश फर्किँदा आकाशमा ‘ट्राफिक जाम’, रवीन्द्र मिश्रले पोखे विमान भित्रैबाट पीडा


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली दुई साता लामो उपचार पछि शुक्रबार मध्याह्न काठमाडौं आइपुगेका छन् ।

प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न १२ः३० बजेतिर काठमाडौं आइपुगेका हुन् ।

सामान्यतः राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश जाँदा र विदेशबाट फर्किँदा नेपाली सेनाले विमानस्थलमै सलामी दिने चलन छ । तर, प्रधानमन्त्री ओलीले उपचारबाट फर्किदा भने सेनाको सलामी लिएनन् ।

यसअघि हुँदै आएको पत्रकार सम्मेलन पनि प्रधानमन्त्री ओली उपचार गरेर आउँदा भएन । तर, प्रधानमन्त्रीको विमान काठमाडौंमा अवतरण गर्दा हुने ‘एयर ट्राफिक जाम’ भने हटेन ।

शुक्रबार पनि ओलीको विमान काठमाडौंमा ल्याण्ड हुनुभन्दा १ घण्टा अगाडिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै उडान तथा अवतरण ठप्प पारिएको थियो ।

प्रधानमन्त्री ओली स्वदेश आउँदा भएको एयर ट्राफिक जामको मारमा शुक्रबार साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पनि परे ।

काठमाडौंबाट विराटनगरका लागि विमान चढेका मिश्रले १ घण्टादेखि विमानमै बस्नु परेको आक्रोश सामाजिक सञ्जाल ट्वीटरमा पोखेका छन् ।

शुक्रबार मध्याह्न १२ः१० बजेतिर अपलोड भएको ट्वीटर सन्देशमा मिश्रले भनेका छन्–

ओली जामः
विराटनगर जान प्लेनमा बसेको १ घण्टा भयो । प्रधानमन्त्री ओलीको विमान अवतरण गर्न अर्को आधा घण्टा लाग्छ रे । हाम्रो मात्र होइन, सिंगो विमानस्थलको हाल यही छ । नेपाल भ्रमण वर्ष शुरु हुनु हगावै भीभीआईपी उडानका बेला विमानस्थल व्यवस्थापनको तालिम गर्न हुन विशेष अनुरोध छ ।

मिश्रले आफ्नो ट्वीट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई पनि मेन्सन गरेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १ : १० बजे

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशील बनाइने छ : मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारसँगको संवाद र

स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली कार्यान्वयनमा

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय शासन कार्यसम्पादन

‘मिशन ८४’ सफल पार्न उपाध्यक्ष परियारको नेतृत्वमा विवेकशील साझाद्वारा संवाद समिति गठन

काठमाडौं– विवेकशील साझा पार्टीले आगामी निर्वाचनलाई लक्षित गरेर ‘राजनीतिक संवाद

सौगात, सुहान र प्रकाशले सुरु गरे ‘परालको आगो’को वर्कसप

काठमाडौं – फिल्म ‘परालको आगो’ वर्कसपको चरणमा प्रवेश गरेको छ

पानी प्रशोधन केन्द्रको काम छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले टुकुचामा निर्माणाधीन पानी