प्रचण्डको गृहजिल्लामा नेकपाले ९८ वडाको एकता टुंग्यायो « Khabarhub

प्रचण्डको गृहजिल्लामा नेकपाले ९८ वडाको एकता टुंग्यायो


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको दोस्रो बैठकले जिल्लाका सात पालिकाका ९८ वडाको नेतृत्वको जिम्मेवारी तय गरेको छ । साविकको नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट सहमति गरी नेतृत्व लिने वडा टुङ्गाइएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारका अनुसार भरतपुर महानगरपालिकाका २९ वडामध्ये १५ वडा पूर्वएमाले र १४ वडा पूर्वमाओवादीले नेतृत्व लिने सहमति भएको छ ।

राप्ती नगरपालिकाका १३ वडामध्ये सात वडा पूर्वएमाले र छ वडा पूर्वमाओवादीको भागमा परेको छ । यस्तै खैरहनी नगरपालिकाको १३ मध्ये सात पूर्वएमाले र छ पूर्वमाओवादीको भागमा परेको छ । रत्ननगर नगरपालिकाका १६ वडामध्ये पूर्वएमाले र पूर्वमाओवादीको भागमा आठ/आठ वडा परेका छन् ।

कालिका नगरपालिकाका–११ वडामध्ये छ पूर्वएमाले र पाँच पूर्वमाओवादीको भागमा परेको उनले जानकारी दिए । इच्छाकामनाका सात वडामध्ये चार पूर्वएमाले र तीन पूर्वमाओवादी केन्द्रको भागमा परेको छ । यस्तै माडी नगरपालिकाका नौ वडामध्ये पाँच पूर्वएमालेको भागमा र चार पूर्वमाओवादीको भागमा परेको छ ।

१२५ सदस्यीय महानगर कमिटीमा पूर्वएमालेको भागमा ६५ र पूर्वमाओवादीको भागमा ६० जना परेको परियारले जानकारी दिए । इच्छाकामना गाउँ कमिटीमा ४० पूर्वएमाले र ३५ पूर्वमाओवादी केन्द्रको भागमा परेको छ । यस्तै माडी नगरपालिकामा ४० पूर्वएमाले र ४१ पूर्वमाओवादीले नेतृत्व लिने सहमति भएको छ । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा पूर्वएमालेका तर्फबाट ४३ र पूर्वमाओवादी केन्द्रको तर्फबाट ३८ जना परेका छन् ।

बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति पनि टुङ्गो लगाएको छ । क्षेत्र नम्बर १ र २ को प्रतिनिधिसभा क्षेत्र समन्वय समितिको संयोजक पूर्वएमालेको भागमा र क्षेत्र नम्बर ३ पूर्वमाओवादी केन्द्रको भागमा परेको छ ।

यस्तै प्रदेशसभा क्षेत्र समन्वय समितिअन्तर्गत चितवन १ (क) मा पूर्वमाओवादी केन्द्र, १ (ख)मा पूर्वएमालेको संयोजक हुने भएका छन् । यस्तै २ (क) मा पूर्वमाओवादी,२ (ख)मा पूर्व एमाले र ३ (क)मा पूर्व एमाले र ३ (ख)मा पूर्व माओवादीको भागमा परेको परियारले जानकारी दिए । भागबण्डासँगै ती पदहरुमा पूर्वएमाले र माओवादीका तर्फवाट जो अध्यक्ष रहेका थिए उनीहरुनै अध्यक्ष भएका छन् ।

सात पालिकाका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिव, जिल्ला पार्टी कार्यालय सचिवालय, विभिन्न विभाग र जनवर्गीय सङ्गठनको टुङ्गो लगाउन बाँकी रहेको छ । बिहीबार बसेको पार्टीको बैठकमा अध्यक्ष परियारले प्रस्ताव पेश गरेका थिए थियो । बैठकमा सहभागी केहीले आफ्नो राय दिएको भए पनि सर्वसम्मतबाट अनुमोदन गरिएको परियारले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ३ : ४५ बजे

युट्युब हेरेरै व्यावसायिक कृषिमा सक्रिय

दाङ– अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने

‘पत्रकारमा फिल्ड रिपोर्टिङको जाँगर र सिर्जनशीलता भएसम्म एआईसँग डराउनु पर्दैन’ 

कुइयाङ– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकासले पत्रकारको जागिर खोस्ने

घाँसको बीउ उत्पादन

राँझा– बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ३० हजार

लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो

रसुवा– लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै

अनधिकृत घुम्ति व्यापार गर्न नपाइने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनाधिकृत रूपमा घुम्ति व्यापार