अब जिग्री, पाँडेलाई ‘भद्रगोल’ मा देख्न नपाइने, आजबाट नयाँ स्वरुपमा आउने « Khabarhub

अब जिग्री, पाँडेलाई ‘भद्रगोल’ मा देख्न नपाइने, आजबाट नयाँ स्वरुपमा आउने


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित हास्य टेलिश्रृंखला भद्रगोलबाट आधिकारिक रुपमा नै जिग्री(कुमार कट्टेल), पाँडे(अर्जुन घिमिरे) लगायतको टोली बाहिरिएको छ ।

भद्रगोल जिग्री र पाँडेको लेखन तथा निर्देशनमा तयार हुँदै आएको थियो । तर शुक्रवार(आज) देखि भने भद्रगोलमा उनीहरुलाई देख्न नपाइने भएको छ ।

हुनत गत साउनबाट नै टेलिभिजनमा भद्रगोल प्रशारणमा रोकिएको थियो । अब भने आधिकारिक रुपमा नै भद्रगोलबाट जिग्री, पाँडे, रक्षा, बले लगायतको टिम बाहिरिएको छ ।

भद्रगोल नामक कार्यक्रमको ब्राण्ड राइट मिडियाहवसँग रहेको र मिडियाहवले कलाकारलाई रकम नदिएपछि विवाद शुरु भएको थियो ।

मिडियाहबले आफूहरुलाई रकम चुक्ता नगरेको कारण काम गर्न नसकिएको उनीहरुको भनाइ छ ।

जिग्री, पाँडे लगायतले छोडेपनि मिडियाहवले भने उक्त कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

रोकिएको भद्रगोल आजबाट नयाँ कथावस्तु, नयाँ शैली र नयाँ कलाकारका साथ प्रशारण हुनेछ ।

कलाकार ज्योति काफ्ले र अशोक धिताल(वाहुन डन)को निर्देशनमा भद्रगोल नयाँ स्वरुपमा आउन लागेको ज्याति काफ्लेले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ४ : ०१ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो बस्दै

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएको छ।

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं– सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय

न्याय माग्दै पीडितहरू महिला आयोगमा

काठमाडौं– हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण