मुलुकको समृद्धिका लागि सरकारले केही गर्न सकेनः राप्रपा संयुक्त « Khabarhub

मुलुकको समृद्धिका लागि सरकारले केही गर्न सकेनः राप्रपा संयुक्त


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले वर्तमान सरकारले मुलुकको विकास र प्रगतिका लागि केही काम पनि गर्न नसकेको आरोप लगाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को केन्द्रीय कार्य समितिको बैठकले सरकारले मुलुकको विकास र प्रगतिका लागि केही काम पनि गर्न नसकेको निष्कर्ष निकालेको हो ।

पार्टी केन्द्रीय कार्य समितिको बैठकले गरेका निर्णय शुक्रबार काठमाडांैमा सार्वजनिक गर्दैै अध्यक्ष पशुपति शमशेर राणाले केपी ओली नेतृत्वको बलियो सरकारले मुलुकको लागि केही पनि गर्न नसकेको निष्कर्ष पार्टी केन्दी्रय कार्य समितिले गरेको बताए ।

उनले सरकारले आफ्नो १८ महिनाको अवधिमा जनताको आशा र अपेक्षामाथि तुषारापात गरेको आरोप पनि लगाए । भ्रष्टाचार व्याप्त हुनु, वाईडबडी विमान काण्ड, बुढीगण्डकी जलविद्युत आयोजना ठेक्का प्रक्रियालगायतका सरकारको राष्ट्र विरोधी क्रियाकलाप मुलुकको हितमा नभएको सो पार्टीको दावी छ ।

पार्टीले हिन्दु राष्ट्र कायमै गर्ने अडान पनि स्पष्ट पारेको छ । त्यसैगरी प्रजातन्त्रसहितको राजसंस्थाको पक्षमा पार्टी रहेको पनि अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताए । अध्यक्ष लोहनीले ९२ प्रतिशत ओमकार समुदाय रहेको मुलुकमा हिन्दु राष्ट्र कायमै हुनुपर्ने तर्क गरे ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ७ : ३४ बजे

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा

गण्डकी प्रदेशसभा : सडक ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल

एजेन्सी– गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१