उपप्रधान तथा रक्षमन्त्री पोखरेलद्वारा नेपाली सेनाको कामको प्रसंशा « Khabarhub

उपप्रधान तथा रक्षमन्त्री पोखरेलद्वारा नेपाली सेनाको कामको प्रसंशा


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको ‘पृतनापति समन्वयात्मक बैठक’आजबाट शुरु भएको छ । बैठक तीन दिनसम्म चल्नेछ ।

उपप्रधान तथा रक्षामन्त्री श्री ईश्वर पोखरेल, प्रधानसेनापति, रक्षा मन्त्रालयका पदाधिकारीहरु, रथी तथा पृतनापतिहरुको उपस्थितिमा बैठक शुरु भएको हो ।

बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले गरेको कामको प्रसंशा गरे । उनले नेपाली सेनालाई थप परिस्कृत बनाउदै लैजाने तथा भविष्यमा तय गर्नुपर्ने सुरक्षा नीतिका सम्बन्धमा धारणा व्यक्त गरेका थिए ।

सम्बोधनकै क्रममा उपप्रधान तथा रक्षामन्त्री पोखरलले नेपाली सेनाले गरेका देश विकास तथा जनहितका कार्यहरुको प्रसंशा गर्नुका साथै गौरबपूर्ण इतिहास बोकेको नेपाली सेनाले बदलिंदो परिस्थितिमा आफूलाई अद्यावधिक गर्दै लैजानु पर्नेमा जोड दिए ।

कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी शरद कुमार गिरीले स्वागत मन्तव्य राख्दै नेपाली सेनाभित्र भइरहेका गतिविधीहरुबारे जानकारी गराएका थिए ।

समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुख तथा सबै पृतनापतिहरुले आ(आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए ।

समन्वयात्मक बैठकले नेपाली सेनाको सम्पूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउन थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ७ : ५७ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार