शताब्दी पुरुष भन्छन्ः दशैं मनाउने प्रवृत्ति फेरियो, पहिले जस्तो छैन् अहिले « Khabarhub

शताब्दी पुरुष भन्छन्ः दशैं मनाउने प्रवृत्ति फेरियो, पहिले जस्तो छैन् अहिले



काठमाडौं-‘हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा, भवानीको भयो पुजा आनन्दको वर्षा’ कवि शिरोमणि लेखनाथ पौडेलले दशैंलाई यसरी कवितामै व्यक्त गरेका छन् ।

साँच्चि नै कवि शिरोमणिले भनेजस्तै निलो र सफा आकाश । तालु पोल्ने घाम । वर्खा सकिएर भर्खरै सुकिलो बनेका बाटोहरु । ऋतुले नै दशैं बोलाएको बताउँछन् संस्कृतविद्हरु पनि ।

दशैंलाई नेपालीहरुले राष्ट्रिय तथा महान पर्वका रुपमा मनाउँदै आइरहेका छन् । वसन्त ऋतु सकिएसँगै शरद ऋतुको सुरुवातमा पर्छ दशैं ।

खुलेको आकाश । खेतमा लहलह धानका बाला । बारीभरी कोदाको कपानी अनि फुल्नै लागेका सयपत्रीका गुच्छाहरु । साँच्चि नयाँ ऋतु र दशैं मनाउने महिना पनि रमाइलो छ ।

अहिले देशदेखि विदेशसम्मका मानिसहरुवडा दशैंको शुभकामना आदानप्रदान गरिरहेका छन् ।

राजतन्त्रको अन्त्यसँगै वि.स. २००७ सालपछि राष्ट्रका प्रमुखले विजयादशमीको शुभकामना दिन थालेको संस्कृतविद् सत्यमोहन जोशी बताउँछन् ।

‘बर्मामा बसेका नेपाली मुलका नेपालीहरुलाई पनि जसको जन्मभूमि र कर्मभूमि बर्मा भएपनि पितृ भूमि पनि बर्मा भएपनि उसको पुर्खौली नाताले नेपाली’ उनले भने ‘त्यसकारण दशैं सबैका निम्ति प्रिय हो।’

नेपालमा भने पुर्खौली, कुलवंश र वर्तमानका रुपमा पनि दशैंको निकै महत्व रहेको जोशीको भनाइ छ । उनका अनुसार दशैं भनेको नेपालभित्र रहेका नेपालीहरुका लागि मात्र होइन विश्वका जुनसुकै देशमा छरिएर रहेका नेपालीहरुका लागि महान पर्व हो ।

विगतमा दशैं

दशैं भन्नासाथ सबैको दिमागमा आउँछ ‘राम्रो लगाउने र मिठो खाने।’ त्यो प्रचलन आजमात्र होइन । लामो समयअघि देखि चलिहाएको थियो । दशैं आउनु डेढ महिना अगावै बजारमा पुग्थे मानिसहरु लुगा किन्न ।

नयाँ लुगा किन्न जति हतार हुन्थ्यो त्यति नै हतार सिलाउन तिर पनि हुन्थ्यो । सुचिकार (लुगा सिलाउने व्यक्ति) पनि निकै व्यस्त हुन्थे । संस्कृति अनुसार चल्नै पर्ने।

जातजाति अनुसार फरक—फरक तरिकाले मनाउँछन् दशैं। नेवार, तामाङ जातिका मानिसहरुले एक महिना अघिदेखि कोदो तथा चामलको जाड राख्न थाल्थें । जाडबाट रक्सी पार्थे ।

गाउँमा मात्र होइन शहरका विभिन्न स्थानमा पनि दशैं आउनुअगावै घरघरमा चिउरा कुट्ने, ढिकीमा धान कुट्ने, जातोमा पिठो पिस्ने जस्ता कामहरु शुरु हुन्थ्योे ।

जोशीको बाल्यकाल पनि त्यसरी नै बित्यो। सय वर्षदेखि दशैंको अनुभव बटुलेका जोशी अहिलकोर पहिलेको दशैंमा निकै परिवर्तन आएको बताउँछन् ।

दशैं आउनु अघि नै बुबाआमाले लुगा किन्दिन्थे उनलाई पनि । दौडेर सूचिकारमा कहा पुग्थे जोशी । त्यो अनुभव आज पनि उनको दिमागमा ताजै छ तर अहिले बजारमा रेडिमेट कपडा जतिपनि पाइन्छन् यही हो परिवर्तन्।

अहिले त हरेक सामान बजारबाट ल्याउने प्रचलनको विकास भएको छ । घरमै उत्पादन गर्ने उद्योगहरु विस्तारै लोप हुँदै गए । त्यति मात्र होइन आजसम्म आइपुग्दा त बन्द नै भइसके ।

‘म आफैं पनि घरमा चिउरा बनाउथें’ खबरहबसँग कुरा गर्दै उनले भने ‘आजभोलि बजारमा जाने कुन चिउरा खाने हो रोजेर ल्याउने गर्छन्।’

‘रक्सीकै कुरा गर्दा पनि घरमै जाड राखेर रक्सी पारेको अहिले जस्तो लाग्छ’ उनले थपें ‘अहिले बजारमा कुन ब्रान्डको पिउने हो हेरी हेरी पाइन्छ, कसले बनाउँछ र अहिले त घरमा।’

तामाङ जातीहरुले दशैंमा रानीपोखरीको डिलमा आएर पितृका लागि दर बस्ने गर्थे । ‘त्योसमय उनीहरुले एउटा भेडा ५ रुपैयाँ र च्याङ्ग्रा ४ रुपैयाँले बेच्थे’ उनले विगतलाइ सम्झँदै भने ‘अहिले त प्रतिकेजी नै ६ सय ५० रुपैयाँ पुगिसक्यो।’ त्यसकारण हरेक कुरामा परिवर्तन भएको बताउछन् उनी ।

दशैंको महत्व

वर्षदिनमा आफन्त, इष्टमित्रबिच सौहाद्रपुर्ण सम्बन्ध स्थापित गर्ने मेलोका रुपमा पनि लिइन्छ दशैंलाई । अझ भन्नुपर्दा दशैंले ठूलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ ।

सोह्रश्राद्ध शुरु भएसँगै पितृलाई सम्मान स्वरुप श्राद्ध गर्ने गरिन्छ । सोह्रश्राद्धको अन्त्यसँगै नौरथा शुरु हुन्छ । जसलाई घटस्थापना पनि भनिन्छ ।

दशैंमा विशेषगरी दुर्गाको पुजा गरिन्छ । दुर्गालाई शक्तिकी प्रतिकका रुपमा पनि लिइन्छ ।

टीका र जमराको महत्व

परम्पराअनुसार फरक रङका टीका हरेकका निधारमा देखिन्छन् विजयादशमी अर्थात् टीकाका दिन । दशमीमा टीकाको निकै महत्व रहेको संस्कृतिविदहरुको भनाइ छ । दुर्गा भगवतीलाई मनपर्ने भएकाले जमराको रुपमा जौंको प्रयोग गरिने प्रचलन पनि छ ।

आफ्नो घर सँधै प्यारो हुन्छ । परिवार र मान्यजनका हातबाट टीका थाप्नु सौभाग्यको कुरा पनि हो ।

निधारमा रातो टीका पुरुषले शिरमा ढाकाको टोपी र कानमा जमरा सिउरिन्छन् । त्यस्तै महिलाहरुले चुल्ठीमा जमरा राखेर पिङ खेल्न हिड्ने गर्छन् । जमराले नेपालीको धार्मिक आस्था र सांस्कृतिक महत्वलाई झल्काउँछ ।

अन्य समयमा निधारमा टीका लगाउँदा विभिन्न प्रकारका मौसमी फुलहरु प्रयोग गरिए पनि दशैंमा अधिकांशले जमराकै प्रयोग गर्छन् । त्यसकारण पनि दशैंमा टीका र जमराको महत्व उत्तिकै छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ८ : ४१ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर