प्रवासी नेपालीको दशैं – साथीभाइ भेला हुने, दूतावासमा टीका लगाउने « Khabarhub

प्रवासी नेपालीको दशैं – साथीभाइ भेला हुने, दूतावासमा टीका लगाउने


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपालीका लागि दशैं एउटा पर्व मात्रै नभएर परिवार तथा आफन्तसँग भेटघाट गर्ने महत्वपूर्ण अवसर पनि हो । वर्ष दिनसम्म परिवार तथा आफन्तसँग टाढा रहेका व्यक्तिले दशैंको समयमा नै भेटघाटको अवसर पाउँछन् ।

स्वदेशमा हुनेहरुले त आफन्त र परिवारका सदस्यहरुसँग दशैं मनाउँछन् । तर, विदेशमा हुनेहरुको दशैं भने ‘खल्लो’ नै हुन्छ । तर, पछिल्लो समय प्रवासी नेपालहरु बीच पनि एक ठाउँमा जम्मा भएर दशैं मनाउने परम्परा विकसित हुँदै गएको छ ।

रोजगारी, अध्ययन लगायतका कामले देशभन्दा बाहिर रहेका नेपालीहरु त्यहाँस्थित नेपाली दूतावास र सार्वजनिक स्थानमा भेलाभएर दशैं मनाउन थालेका छन् । कामको व्यवस्थताकाबीच प्रवासी नेपालीहरु एक ठाउँमा जम्मा हुन्छन् र दशैंको अवसरमा रमाइलो गर्छन् ।

वैदेशिक रोजगारीमा गएकाहरु दशैंको अवसरमा बिदा मिलाएर सकेसम्म घर फर्किन चाहन्छन् । तर, सबैको हकमा भने बिदा मिल्ने अवस्था हुँदैन । वैदेशिक रोजगारीका लागि कतारमा रहेका झापाका सन्तोष भारती यस पटकको दशैंमा घर आउन चाहन्थे । तर, बिदा मिलेन ।

अब कतारमै रहेका साथीसँग मिलेर दशैं मनाउने योजना रहेको भारतीले सुनाए । ‘केही साथीहरुले बिदा पाए । उनीहरु दशैंका लागि घर गए । साथीहरु दशैं मनाउन घर जाँदा आफूलाई पनि नराम्रो लाग्ने रहेछ । तर, बिदा नपाएका कारण घर फर्किन पाइएन्,’ कतारमा रहेका भारतीले खबरहबलाई सुनाए, ‘घर जान नपाइए पनि यतै साथीहरु भेलाभएर दशैं मनाउने योजना छ । परिवारसँग बसेर मनाए जति रमाइलो नभएपनि साथीभाइहरु भेलाहुँदा परिवारको न्यास्रो मेट्न सजिलो हुन्छ ।’

हाल ब्रुनाइमा रहेका पाँचथरका राज गिरी पनि साथीभाइहरुसँग मिलेर दशैं मनाउने योजनामा छन् । दशैंमा घर आउन नपाएर नरमाइलो लागेपनि साथीहरुसँग मिलेर दशैं मनाउँदा केहीहदसम्म रमाइलो हुने उनी सुनाउँछन् ।

‘दशैं त घरमै मनाएको राम्रो हो । तर, परदेशीको जीवनमा सधैं भनेजस्तो हुँदैन । यसपटकको दशैं पनियतै (ब्रुनाइमै) मनाउनु पर्ने भएको छ,’ खबरहबसँगको फोन कुराकानीमा गिरीले भने, ‘यहाँपनि नेपालीहरु भेलाभएर दशैं मनाउने भनेका छौं ।’

हाल जापानमा रहेका इलामका इन्द्रकुमार अधिकारी पनि त्यहाँका नेपालीसँग मिलेर दशैं मनाउने योजनामा छन् । दशैंकालागि नेपालीहरु भेला हुँदा विदेशमा पनि पारिवारिक माहोल सिर्जना हुने उनको बुझाइ छ ।

‘काम र ब्यवसायका लागि मिनेट मिनेटको महत्व हुने हुँदा विदेशमा बस्ने नेपालीहरुको दशैं तनाव र कामको चापापाचकै बीचमा बित्ने गर्छ । त्यही पनि गाँउ घरलाई सम्झिएर दैश मनाउँछौं,’ अधिकारी भन्छन्, ‘कामको चापका बीचमा दशैंका लागि भनेर अलिकति समय निकाल्न पाउँदा पनि धेरै खुसी मिल्छ ।’

विदेशमा हुँदा पनि नेपालीहरु भेला भएर दशैं मनाउँदा परिवारकै साथमा रहेको जस्तो अनुभव हुने गरेको अधिकारी सुनाउँछन् ।

‘परिवारको साथमा दशैं मनाउन नपाउनुको पीडा त हुन्छ नै । तर, त्यही पीडाको बीचमा विदेशमा रहेका नेपालीहरु एक ठाउँमा भेला हुँदा पनि पारिवारिक माहोल बन्छ,’ अधिकारी भन्छन्, ‘यसपटकको दशैंमा जापानमा रहेका नेपालीहरुले पनि एक ठाउँमा भेला भएर दशैं मनाउने योजना बनाएका छौं ।’

झापाका भारती, पाँचथरका गिरी तथा इलामका अधिकारी मात्रै हैनन्, विभिन्न कारणले विदेशमा रहेका नेपालीहरु आ–आफ्नै ठाउँमा पनि नेपालका मौलिक चाडहरु मनाउँछन् ।

जब प्रवासमा रहेका नेपालीहरु पनि एक ठाउँमा भेला हुन्छन्, उनीहरुको दशैं पनि नेपालमै रहेकाहरुको जस्तै हुन्छ । आफूभन्दा ठूलाबाट टीका लगाउने तथा आशिर्वाद लिने । शुभकामना आदान–प्रदानगर्ने र केही समय भएपनि साथीभाइसँग बिताउन पाउँदा परिवार र आफन्तबाट टाढा हुँदाको न्यास्रो मेटाउन सजिलो हुन्छ ।

केही देशमा भने त्यहाँस्थित नेपाली दूतावास र नियोगमा गएर पनि दशैंको टीका लगाउने गरिन्छ । विदेशमा रहेका नेपाली नियोगहरुले पछिल्लो समय नेपालीहरुका लागि दशैंको टीका लगाउने भनेर छुट्टै व्यवस्था नै गरेका हुन्छन् ।

सरकारी तथ्याङ्कका अनुसार हाल रोजगारीका लागि मात्रै करिब ४० लाख नेपाली देश बाहिर छन् । जसमध्ये ५ लाखको हाराहारीमा दशैं मनाउन घर फर्किन्छन् ।

विभिन्न देशमा रहेका नेपाली नियोगहरुले विजया दशमी पछिका २ दिन (द्वादशी) सम्म दशैंको टीका लगाउन मिल्ने गरी व्यवस्था गरेका हुन्छन् ।

जसका कारण छोटो समयका लागि बिदा मिलाएर भए पनि दशैंका टीका लगाउन सजिलो हुने गरेको प्रवासी नेपालीहरु बताउँछन् ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ११ : ५५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको