बँदेल धपाउन रातभर जाग्राम « Khabarhub

बँदेल धपाउन रातभर जाग्राम


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी-जिल्लाका विभिन्न स्थानका किसान जङ्गली जनावर बँदेल धपाउन रातभर जाग्राम बस्न बाध्य भएका छन् ।
यहाँका किसानले लगाएको अन्नबालीमा जङ्गली जनावरले क्षति पु¥याउन थालेपछि किसान रातभरि जाग्राम बस्न बाध्य भएका हुन् ।

ठूलो सङ्ख्यामा आउने जङ्गली जनावर बँदेल र भालुले अन्नबालीमा नोक्सान गर्न थालेपछि किसान खेतवारीमै रात बिताउन थालेका छन् ।

धान, मकै, कोदोलगायत पाक्न लागेका अन्नबालीमा बथानका–बथान आउने जङ्गली बँदेलले खाएर सखाप पारेको केआइसिंह गाउँपालिका–६ सलेनाका स्थानीयवासी जगत बलायरले बताए । उनले भने, “बँदेल धपाउन रातभरी खेतबारीमा नै बास बस्नुपर्छ, पाकेको खेती जोगाउनै मुस्किल भएको छ ।”

जिल्लाको दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, पूर्वीचौकी गाउँपालिका, सायल गाउँपालिका, जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिकालगायतका क्षेत्रमा बँदेलले अन्न बालीमा बढी क्षति गरिरहेको स्थानीयवासी बताउँछन् । किसानलाई कतिखेर आफू पनि बँदेलको आक्रमणमा परिने होकि भन्ने चिन्ता भइरहेको बडीकेदार गाउँपालिकाका स्थानीयवासी प्रकाश कलेलले बताए ।

भित्र्याउने तयारी अवस्थामा रहेको किसानको अन्नबाली बँदेलले रित्याउन थालेपछि किसान सरकारीस्तरबाट क्षतिपूर्ति दिनुपर्ने माग गर्न थालेको दिपायल सिलगढी नगरपालिका–१ सिरखोलीसैनका किसान प्रेम कोलीले बताए ।

उनले भने, “दुःख गरी लगाएको खेतीबाली बँदेलले सखाप पार्दैछ, सम्बन्धित निकायले हाम्रो खेतीबालीको क्षतिपूर्ति दिनुपर्छ ।” स्थानीयस्तरमा जङ्गली जनावरबाट खेतबारी जोगाउन रोकथामका लागि कुनै उपाय नगरिएको स्थानीयवासीको आरोप छ । किसानले रातभर जाग्राम बसेर बँदेल धपाउनु बँदेलबाट बाली जोगाउने एक मात्र उपाय भएको छ अहिले यहाँका गाउँघरमा ।

सरकारी निकायबाट किसानलाई राहतका कार्यक्रम ल्याएको भए पनि प्रभावकारी हुनसकेका छैनन् । डिभिजन वन कार्यालय सिलगढी डोटीका प्रमुख शम्भुप्रसाद तिवारीका अनुसार पीडित किसानले प्रक्रिया मिलाएर निवेदन पेश गरे क्षतिपूर्ति दिने बताए । उनले भने, “बँदेलले बाली सखाप पा¥यो भनेर पाँच किसानले निवेदन दिएका छन्, निवेदन राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाउँछौँ, उताबाट क्षतिपूर्ति दिनु भनी रकम प्राप्त भएमा हामीले वितरण गर्छौं ।”

जिल्लाको सिमानामा रहेको खप्तड राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावर भालु र बँदेल आएर किसानका बाली नोक्सान गर्ने तथा स्थानीयवासीलाई आक्रमण गर्ने गरेका छन् । जिल्लामा जङ्गली जनावरका कारण अहिलेसम्म एक दर्जन बढी स्थानीयवासी घाइते भएका छन् भने छ जनाको ज्यान गइसकेको छ ।

जङ्गली जनावरले मानिसलाई हानी नोक्सानी गरे निकुञ्जले क्षतिपूर्ति दिने गरेको भए पनि बालीनाली नोक्सानी गरेको विषयमा अहिलेसम्म क्षतिपूर्ति नदिएको सायल गाउँपालिकाका स्थानीयवासी तेजबहादुर डुम्रेलले बताए ।

उनले भने, “जङ्गली जनावरले मान्छेलाई घाइते बनाए वा मारेको खण्डमा निकुञ्जले क्षतिपूर्ति र उपचार खर्च दिँदै आएको छ तर बालीनाली नोक्सान गर्दा भने दिने गरेको छैन, अब किसानलाई क्षतिपूर्ति दिनुपर्छ ।” जिल्लामा जङ्गली जनावरले वर्षेनी यहाँका किसानले लगाएका खेतीपाती नष्ट गर्दै आएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  १२ : ४५ बजे

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न

एचपीभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ– बागलुङका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

यूएई र साउदीका सबै उडान अवरुद्ध : रियादको अमेरिकी दूतावासमा आक्रमण

दुबई – इरान र इजरायल–अमेरिका गठबन्धनबीचको सैन्य मुठभेड खाडीका अन्य