रोल्पाका जेष्ठ नागरिकहरुलाई दशैंले छोएन « Khabarhub

रोल्पाका जेष्ठ नागरिकहरुलाई दशैंले छोएन


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एल बि मगर 

रोल्पा- हिन्दू नेपालीको महान चाड दशैं घर घरमा भित्रिएको छ । तर रोल्पाको रुन्टिगढि गाउँपालिकाका जेष्ठ नागरिक , एकल महिला , अपांगता भएका ब्यक्तिहरुको घरमा यसपालीको दशैंले छोएको छैन । 

सरकारले आफुहरुलाई दिंदै आएको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँला र त्यही पैसाले दशैं मनाउला भनेर सरकार को आसामा बसेका उनीहरुको दशैं आसमै बित्ने भएको छ। 

असोज शुरु भए देखि नै उनीहरुले सम्बन्धित वडा कार्यालय धाउने मात्र होइन वडा सचिबलाई  समेत पटक पटक सोधपुछ गरिसके । 

दशैंमा भत्ता आउछकि आउदैन भन्ने प्रश्नमा वडा कार्यालयले ढुक्क हुन भनेको थियो तर दशैंमा भत्ता आउने आशा समाप्त भयो ।

सरकारले भत्ता दिला र दसैंमा सबै परिवार बसेर हासी खुशी दसै मनाउला भनेर बसेका जेष्ठ नागरिक , एकल महिला, अपांगहरुमा जब फुलपातिको तीन दिन अगाडि नै वडा सचिबले गाउँपालिकाले बजेट निकासा नगरेर प्रमुख प्रशासकीय अधिकृत र लेखापाल घरतिर हिडि सकेको खबर सुनाए पछि आफुहरुको दसैं दसा जस्तै बन्न पुगेको गुनासो पोखे ।

उनीहरुले अगाडि दुखेसो पोख्दै भने सरकारले बरु अरु समयमा ढिला गरोस् केही छैन तर दसैको मुखमा भने कहिले पनि भत्ता दिन कन्जुस्याइँ नगरोस् । 

चाड पर्बमा सके सम्म आफ्नै पैसा र  खर्चमा रमाउन पाउदा खुसी नै बेग्लै हुन्छ । 

उनीहरुको समस्याका बारेमा गाउँपालिका सङ्ग जिज्ञासा राख्दा कार्यालयमा कर्मचारीको जनशक्ति अभावका कारण दसैं अगाडि  सामाजिक सुरक्षा भत्ता बितरण गर्न नसकिएको जबाफ दिएको छ   

तर जेष्ठ नागरिकहरु गाउँपालिकाको जबाफमा सहमत छैनन् किनकि प्रत्येक वडामा वडा सचिब नभए पनि गाउँपालिकाले चाहेको भए गाउँपालिका र वडा कार्यालयमा रहेका कर्मचारीहरु लाई परिचालन गरि सामाजिक सुरक्षा भत्ता बितरण गर्न सक्ने उनिहरुको तर्क रहेको छ ।

यस गाउँपालिकाका नौ वटा वडामा करिब पाँच हजारको संख्यामा सामाजिक सुरक्षा भत्ता पाउने नागरिक रहेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  १० : ३२ बजे

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा– सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर

मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी तराईका

लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो

काठमाडौं उपत्यकासहित देशभर वर्षात्, तराई क्षेत्रमा हुरीसहित असिना पानी !

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी

देशभर विपद्का ३१ घटना, एक जनाको मृत्यु, ४ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा भएका विभिन्न विपदका घटनामा परी १