चिनियाँ राष्ट्रपति नेपाल आउने भएपछि सेनाले थाल्यो सुरक्षा गस्ती « Khabarhub

चिनियाँ राष्ट्रपति नेपाल आउने भएपछि सेनाले थाल्यो सुरक्षा गस्ती


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणलाई लिएर काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनको भ्रमणलाई लक्षित गरी नेपाली सेनाले सुरक्षा गस्ती थालेको हो ।

आगामी अक्टोम्बर १२ मा नेपाल भ्रमणमा आउन लागेका राष्ट्रपति सीको भ्रमणलाई मध्यनजर गरेर सेनाले हतियारसहित गस्ती बढाएको हो ।

काठमाडौंका मुख्य– मुख्य चोक र सड्क,विमानस्थल र होटलको सुरक्षालाई मध्यनजर गरेर सुरक्षा व्यवस्था बाक्लो बनाइएको हो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले गस्तीमा सेना परिचान भएको जानकारी दिए ।

सरकारले सीलाई अति विशिष्टभन्दा माथिको सम्मानका साथ जेड–प्लस सुरक्षा व्यवस्था र सम्मान दिने तयारी गरेको छ । २३ वर्षपछि नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जाने कार्यक्रम छ ।

सेनाले महाराजगंज, लाजिम्पाट, कालिमाटी, बानेश्वर विमानस्थल, बौद्ध, स्वयम्भु, जावलाखेल, बालुवाटार र हात्तिसार र फर्फिङबाट उपत्यका छिर्ने नाका र थानकोट लगायतका क्षेत्रमा गस्ती गरिरहेको छ । उपत्यकामा मात्र करिब पाँच हजार सैनिक सुरक्षा गस्तीमा खटिएका छन् ।

नेपाली सेनाका उपत्यका पृतनापति उपरथी निरञ्जनकुमार श्रेष्ठको संयोजकत्वमा सेना, प्रहरी सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरु सम्मिलित संयुक्त सुरक्षा टोली समेत सरकारले बनाइसकेको छ । उक्त टोलीले आवश्यक सुरक्षा प्रवन्ध मिलाउनेछ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ११ : ०२ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण