यौन दुर्व्यवहारको आरोप लागेका महरालाई पक्राउ गर्ने तयारी « Khabarhub

यौन दुर्व्यवहारको आरोप लागेका महरालाई पक्राउ गर्ने तयारी


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यौन दुर्व्यवहारको आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउको तयारी थालेको छ ।

सादा पोशाकका प्रहरी सभामुख निवास बालुवाटर प्रवेश गरेका छन् ।

प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि प्रहरी बालुवाटर पुगेको हो । महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिने तयारी थालेको हो ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाटै आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरा नियन्त्रणमा आउने पक्का भएको हो ।

असोज १३ गते सोमबार महराले आफुलाई बलत्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले मिडिया मार्फत बोलेकी थिएन। मंगलबार भने पुनः शाहीले महरा आफ्नो बाबु समान रहेको र आफूँ माथि बलात्कारको प्रयास नआएको भन्दै बोलि परिर्वतन गरेकी थिइन्।

शुक्रबार मात्रै महराबाट बलात्कारको प्रयास भएको भन्दै बानेश्वर प्रहरीमा जाहेरी दिएकी थिइन। आरोप लागेसँगै असोज १४ गते मंगलबार सभामुख पदबाट महराले राजिनामा दिएका थिए।

जनप्रतिनिधिले फौजदारी अभियोग गरेको अवस्थामा प्रहरीले पक्राउ गर्न सक्ने नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसदीय दलका उपनेता सुबास नेम्बाङले जानकारी दिए ।

नेम्बाङले भने, सांसदलाई पनि फौजदारी अभियोग लागेमा उपसभामुखलाई जानकारी गराएर प्रहरीले पक्राउ गर्न सकिन्छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ५ : ०७ बजे

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न

एचपीभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ– बागलुङका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

यूएई र साउदीका सबै उडान अवरुद्ध : रियादको अमेरिकी दूतावासमा आक्रमण

दुबई – इरान र इजरायल–अमेरिका गठबन्धनबीचको सैन्य मुठभेड खाडीका अन्य