लिभरपुलले केआरसी जेन्कलाई हरायो, च्याम्पियन्स लिगको नकआउट चरण नजिक « Khabarhub

लिभरपुलले केआरसी जेन्कलाई हरायो, च्याम्पियन्स लिगको नकआउट चरण नजिक


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केआरसी जेन्कलाई २-१ ले पराजित गर्दै साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरण नजिक पुगेको छ ।

मंगलबार राति भएको खेलमा लिभरपुलले केआरसी जेन्कलाई २–१ले हरायो । यो जीतसँगै लिभपुरल अघिल्लो चरण नजिक पुगेको हो ।

लिभरपुललाई जित दिलाउन जर्जिन्हो विजनाल्डम र एलेक्स अक्सलेड चेम्बरलिनले एक एक गोल गरेका थिए ।

१४ औ मिनेटमा विजनाल्डमको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । पाहुना टोलीका समाटाले ४० औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

५३ औ मिनेटमा चेम्बरलिनले घरेलु टोलीका लागि विजयी गोल गरेका थिए । जोर्गेन क्लोप नेतृत्वको लिभरपुल पहिलो खेलमा नापोलीसग पराजित भएको थियो । त्यो नै चालू सिजनमा लिभरपुलले हारेको एक मात्र खेल हो ।

उसले लगातार तीन खेलमा लगातार जित निकाल्दै नकआउट चरण नजिक पुगेको हो । जित सहित समूह ईमा लिभरपुलले शीर्ष स्थानमा पुनरागमन गरेको छ । उसले ४ खेलबाट ९ अंक जोडेको छ ।

दोस्रो स्थानको नापोलीको ८ अंक छ । जेन्क एक अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : ३३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन