लिभरपुलले केआरसी जेन्कलाई हरायो, च्याम्पियन्स लिगको नकआउट चरण नजिक | Khabarhub Khabarhub

लिभरपुलले केआरसी जेन्कलाई हरायो, च्याम्पियन्स लिगको नकआउट चरण नजिक


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केआरसी जेन्कलाई २-१ ले पराजित गर्दै साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरण नजिक पुगेको छ ।

मंगलबार राति भएको खेलमा लिभरपुलले केआरसी जेन्कलाई २–१ले हरायो । यो जीतसँगै लिभपुरल अघिल्लो चरण नजिक पुगेको हो ।

लिभरपुललाई जित दिलाउन जर्जिन्हो विजनाल्डम र एलेक्स अक्सलेड चेम्बरलिनले एक एक गोल गरेका थिए ।

१४ औ मिनेटमा विजनाल्डमको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । पाहुना टोलीका समाटाले ४० औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

५३ औ मिनेटमा चेम्बरलिनले घरेलु टोलीका लागि विजयी गोल गरेका थिए । जोर्गेन क्लोप नेतृत्वको लिभरपुल पहिलो खेलमा नापोलीसग पराजित भएको थियो । त्यो नै चालू सिजनमा लिभरपुलले हारेको एक मात्र खेल हो ।

उसले लगातार तीन खेलमा लगातार जित निकाल्दै नकआउट चरण नजिक पुगेको हो । जित सहित समूह ईमा लिभरपुलले शीर्ष स्थानमा पुनरागमन गरेको छ । उसले ४ खेलबाट ९ अंक जोडेको छ ।

दोस्रो स्थानको नापोलीको ८ अंक छ । जेन्क एक अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : ३३ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख ३० गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख ३० गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ३० गते आइतबार तदनुसार

गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गादो लगाउँदैमा जनजाति

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान

तनहुँ – तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी

निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

दोलखा । निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित