मस्तिष्कको क्षमता बढाउन खानुहोस ६ खानेकुरा | Khabarhub Khabarhub

मस्तिष्कको क्षमता बढाउन खानुहोस ६ खानेकुरा


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मानिसलाई निर्देश गर्ने मस्तिष्क हो । मस्तिष्ककै निर्देशनमा मानिसले आफ्नो जीवन चलाउने गर्दछन् । त्यसैले सबैको चाहना मस्तिष्कको विकास गर्दै क्षमता बढाउने सोच हुन्छ ।

मानिसको स्मरणशक्ति विकास गर्ने र मस्तिष्कको क्षमता विकास गर्नका लागि ओमेगा–३ एसिड राम्रो मानिन्छ । यति मात्र नभई भिटामिन ई पनि शरीरका स्मरण क्षमता विकास गर्न लागि आवश्यक तत्व हो ।

सामान्यतया मानिसहरू भिटामिन ई को सेवन अनुहार तथा कपाल राम्रो बनाउनका लागि राम्रो हुन्छ भनेर ठान्दछन् । तर, यो तत्व मस्तिष्कको क्षमता विकास गर्न आवश्यक हुन्छ । एक व्यक्तिका लागि दैनिक १५ मिलिग्राम भिटामिन ईको सेवन आवश्यक हुन्छ । यी हुन् भिटामिन ई प्राप्त हुने आहारहरू जसले हाम्रा मस्तिष्कको क्षमता विकास गर्न मद्दत गर्दछ ।

ब्रोकाउली
सबैभन्दा राम्रो पौष्टिक तत्व हुने आहारको रुपमा ब्रोकाउलीलाई लिइन्छ । यसमा अधिक मात्रामा भिटामिन्स, मिनरल्स तथा एन्टीअक्सिडेन्ट हुने गर्दछ साथसाथै क्यालोरीको मात्रा पनि कम हुन्छ ।

ब्रोकाउलीमा भिटामिन ई को मात्रा पनि उत्तिकै हुने गर्दछ । एक कप ब्रोकाउलीमा १.६ मिलिग्राम भिटामिन ई पाउन सकिन्छ । यसका अलावा यसमा फाइबर पनि हुने गर्दछ । यसको प्रयोग सलाद, सब्जी तथा अन्य भोजन तयार गर्दा समेत प्रयोग गर्न सकिन्छ ।

पालक साग
पालकको सागमा भिटामिन ईका साथसाथै आइरन(फलाम)को मात्रा पनि राम्रो हुने गर्दछ । यसले मस्तिष्कको क्षमता विकासका साथसाथै शरीरको रगत बढाउनसमेत मद्दत गर्दछ ।

एक कप पालकको सागमा दैनिक आवश्यकताको ३ प्रतिशत भिटामिन ई पाउन सकिन्छ । यसका साथसाथै पालकमा राम्रो मात्रामा अन्य पोषक तत्व र एन्टीअक्सिडेन्ट्स हुने गर्दछ ।

बदाम
बदामको समूहमा पर्ने बदाम, ओखर, काजुजस्ता चिजहरूमा प्रशस्त मात्रामा भिटामिन ई हुने गर्दछ । यसले शरीरमा भिटामिन ई को मात्रा पूरा गर्न मद्दत गर्दछ । दैनिक १ मुठी बदाम खान सकेमा यो शरीरका लागि फाइदाजनक सावित हुन्छ ।

एभोकाडो
एभोकाडो एउटा यस्तो फाइदाजनक फल हो जसमा भिटामिन ईका साथसाथै एन्टीअक्सिडेन्ट्सको मात्रा पनि उत्तिकै हुन्छ । यसले मस्तिष्क, अनुहार तथा कपाललाई समेत फाइदा गर्दछ ।

एक कप काटेको एभोकाडोमा दैनिक आवश्यकताको २१ प्रतिशत भिटामिन ई प्राप्त गर्न सकिन्छ । स्वास्थ्यप्रति गम्भीर हुने जोसुकैले पनि एभोकाडोलाई आफ्नो भोजनमा समावेश गर्न छुटाउँदैनन् ।

सूर्यमुखीको बिउ
सूर्यमुखीको बिउमा पनि पर्याप्त मात्रामा भिटामिन ई हुने गर्दछ । एकचौथाई सूर्यमुखीको बिउमा ७.४ मिलिग्राम भिटामिन ई हुने गर्दछ, जुन हाम्रो दैनिक आवश्यकताको ३७ प्रतिशत हो ।

यसका अलावा सूर्यमुखीको तेल हामी कपालका लागि समेत प्रयोग गर्न सक्छौं ।

ओलिभ तेल
यसमा पनि प्रशस्त भिटामिन ई हुने गर्दछ । यो तेल स्वास्थ्यका लागि धेरै राम्रो मानिन्छ । एकपटक भोजन तयार गर्दा प्रयोग गरिने यो तेलमा शरीरलाई आवश्यक पर्ने कुल भिटामिन ईको १३ प्रतिशत भिटामिन पाउन सकिन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : ०९ बजे

सर्वसाधारणका लागि झापा इनर्जीले भदौ २० गते आइपीओ निष्काशन गर्ने

काठमाडौं – झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ)

गणेश चौथी : सूर्यविनायक मन्दिरमा भक्तजनहरूको भीड (तस्बिरहरू)

भक्तपुर– अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी

दोलखामा सडक दुर्घटनाः गौरीशंकर क्याम्पसका स्ववियू सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौं – दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ– एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा