मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा गएराति भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । भरतपुर महानगरपालिका–४ लङ्कुमा ना६२प ५९५ नंको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा मोटरसाइकल चालक वडा नं ४ का २४ वर्षीय दीपक बस्नेतको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार सोही ठाउँका २० वर्षीय प्रदीप बस्नेत गम्भीर घाइते भएका छन् ।

उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : २८ बजे

शिक्षक महासङ्घले आज कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने

काठमाडौं– नेपाल शिक्षक महासङ्घको अगुवाइमा शिक्षकहरूले आजदेखि राजनीतिक दलको केन्द्रीय

मायंक यादवले आइपीएल गुमाउने

काठमाडौं – लखनाउ सुपर जायन्ट्सका फास्ट बलर मायंक यादवले आइपीएल

कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं– कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । कास्कीको मादी

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै

काठमाडौं– लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष

पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कास्की– पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव