सावधान ! यस्ता खानेकुराले बनाउन सक्छ नपुंसक  « Khabarhub

सावधान ! यस्ता खानेकुराले बनाउन सक्छ नपुंसक 


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसहरुको खानपान र जीवनशैलीले नै उसको स्वास्थ्यमा प्रभाव पारिरहेको हुन्छ । तपाईले भोजनमा जे लिनुहुन्छ त्यो जहिले पनि स्वास्थ्यबद्र्धक हुन्छ भन्न सकिँदैन ।

भोजनका गडबढीका कारण तौल घटबढ मात्र नभई धेरैप्रकारका गम्भीर समस्याहरू पनि देखा पर्न सक्दछन् । भोजनका कारण केही रोगहरू जस्तै मोटोपन, क्यान्सर तथा यहाँसम्म कि नपुंसकता पनि हुनसक्छ । केही भोजनहरू जसलाई भुलेर पनि सेवन गर्नु हुँदैन । यसले नपुंसकता बनाउने खतरा निम्त्याउँछ ।

माइक्रोवेभ पपर्कन

माइक्रोवेभमा तयार गरिएको मकैको पपर्कन मीठो त हुन्छ तर यसमा हुने प्रजिर्वेटिव्स, सोडियम र सोया प्रोटिन स्वास्थ्यका लागि एकदमै हानीकारक हुन्छ । ह्यूमन रिप्रोडक्सन तीन जर्नलमा प्रकाशित शोधका अनुसार माइक्रोवेभ पपकर्नको अधिक सेवन नपुंसकताको जोखिमलाई ६० प्रतिशतले बढाउँदछ । यसले थाइराईडलाई समेत समस्या पार्दछ र प्रतिरक्षा क्षमता घटाउँदछ ।

वनस्पति घ्यू

वनस्पति घ्यूको प्रयोगले मोटोपनको खतरा अधिक हुन जान्छ । यसमा ट्रान्स चिल्लोपदार्थ र असंतृप्त चिल्लो पदार्थ अधिक मात्रामा हुन्छ जसले शरीरमा एकदमै गर्मी समेत बनाउँदछ । यसले खराब कोलेस्ट्रोलको मात्रा वृद्धि गरी हृदय रोग नपुंसकताको खतरा बढाउँदछ ।

तयारी मासु

पकाएर खानका लागि डब्बामा बन्द अवस्थामा पाइने मासु शरीरका लागि एकदमै फाइदाजनक छ किनकि यसले स्तन क्यान्सर बनाउने समस्या अधिक हुन्छ ।

यसमा हेटोसाइक्लिक एमाइन्ज, पोलिसाइक्लिक अरोमेटिक हाइड्रोकार्बन तथा एडभान्स ग्लाइसेन्स इन्ड प्रोडक्ट्स जस्ता तत्वहरू हुन्छ । यसले कोलोन क्यान्सर, स्तन क्यान्सर, हृदय रोग, किड्नीको रोग एवं मधुमेह जस्ता खतरालाई पनि निम्त्याँउछ ।

प्याक फलफूल तथा तरकारी

डब्बामा बन्द अवस्थामा रहेका फलफूल तथा तरकारीलाई बन्देज गर्नुपर्दछ किनभने यसमा बीपीए नामक तत्व राखिएको हुन्छ जसले शरीरमा एसिडिटीको समस्यालाई भित्र्याउँदछ । यसले शरीरलाई अस्वस्थ बनाउँदछ र प्रतिरक्षा घटाउँदछ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ८ : २४ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन