नदी तर्नेक्रममा डुबेर मृत्यु | Khabarhub Khabarhub

नदी तर्नेक्रममा डुबेर मृत्यु


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिका– ९ ज्यामिरेस्थित त्रियुगा नदि तर्ने क्रममा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा खोटाङको साव मझुवा गाउँपालिका– ६ का ४० वर्षिय सुबास बिक रहेको ईलाका प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घरबाट उदयपुरस्थित चौदण्डीगढी नगरपालिका–९ अजगरामा रहेको ससुराली घर जाने क्रममा ज्यामिरेमा त्रियुगा नदि तर्ने क्रममा जमेको पानीमा डुबेर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक एसपी बीरबहादुर बुढा मगरले जानकारी दिए ।

राति ८ बजे बेल्टार बजारबाट चौनपा–९ ज्यामिरे अजगडास्थित ससुराली घर जानेक्रममा जमेको नदी तर्न खोज्दा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

रातिको समयमा सामान्य पानी देखेर तर्न खोज्दा गहिरो दहमा फसेर निस्कन नसक्दा उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेकोछ । राती नदी तर्दैगर्दा डुबेर मान्छे चिच्याएको आवाज सुनेपछि स्थानीयले इप्रका बेलटारमा खबर गरेका थिए ।

इप्रकाका इन्पेक्टरको कमाण्डमा गएको सशस्त्र सहितको टोलीले उद्धारका लागि खोजे पनि नभेटिएका उनको शव मंललवार बिहान ९ बजे मात्र दहमै डुबेर मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताए । प्रहरीले घट्नास्थलको सर्जमिन मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि बेल्टार अस्पताल पठाएको र आफन्तलाई खबर गरेको जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ८ : ३१ बजे

सुदूरपश्चिमका नवनियुक्त वनमन्त्री चौधरीले लिए शपथ

धनगढी– सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर

मुख्यमन्त्रीलाई भेटेर राइडर्सले दिए धन्यवाद

पोखरा– गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र

दैलेख पुगेर प्रचण्डले भने- हाम्रो ध्यान सरकार ढलाउनेतिर छैन

दैलेख– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

सभामुख घिमिरेद्वारा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ उद्घाटन

भक्तपुर– सभामुख देवराज घिमिरेले समाज, राष्ट्र, आफैँ र आफ्नै घरपरिवारप्रति

विद्यालय शिक्षा विधेयकबारे यस्तो छ उपसमितिको प्रतिवेदन, के के दियो सुझाव ? (पूर्णपाठ)

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय