पिङमा पूर्वयुवराज पारस र सोनिकाको रमाइलो, सामाजिक सञ्जालमा भिडियो भाइरल « Khabarhub

पिङमा पूर्वयुवराज पारस र सोनिकाको रमाइलो, सामाजिक सञ्जालमा भिडियो भाइरल


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्वयुवराज पारस र सोनिका रोकाया पिङमा मच्चिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सोही भिडियोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न टिकाटिप्पणी गरेका छन् ।

भिडियोमा पहिले पारस पिङमा मच्चिरहेको देख्न सकिन्छ । उनी खुशी मुद्रामा हुन्छन् । यत्तिकैमा पारस पिङबाट झर्छन् । सोनिकाले पारसलाई सोध्छिन् – कस्तो थियो अनुभव ?

पारस भन्छन् – लास्ट थाक्यो । स्वाँ स्वाँ नै भयो ।

यसपछि सोनिका मज्जाले हाँस्छिन् । र, अब मेरो पालो भन्दै पिङमा मच्चिन्छिन् । पारसले सोनिका चढेपछि पिङ मच्चाइदिन्छन् ।

सोनिकाले बारम्बार पिङ मच्चिँदा डराएको भनेपछि पारसले धकेल्न छोड्छन् ।

तिहारको छेकोको जस्तो लाग्ने यो भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो वालमा शेयर गरेका छन् ।

पूर्वयुवराज पारस र सोनिका ३ महिनादेखि नजिक छन् । सोनिकाले पारससँगको एक भिडियो सार्वजनिक गरेपछि यी दुईबी अफेयर चलेको टिप्पणी भएको थियो । यद्यपि सोनिकाले भने आफू राम्रो साथी मात्र भएको बताउँदै आएकी छिन् ।

केही समयअघि सोनिकाले खबरहबसँगको कुराकानीमा आफू पारससँग अभिभावकका रुपमा नजिकिएको जिकिर गरेकी थिइन् । यता पूर्वयुवराज पारसले पनि आफूलाई राजा हुने कुनै रहर नभएको र आम मान्छेझैँ सामान्य रुपमा रहन चाहेको बताएका थिए ।

पोखरामा रहेका पारस र सोनिका एकसाथ भएको भिडियो सार्वजनिक भइरहन्छन् । यद्यपि पारससँगका खिचाएका तस्वीर पोखरेली युवाहरुले पनि शेयर गर्ने गर्छन् ।

पारसले आफू आध्यात्मिक बाटोमा लागेको बताउँदै आएका छन् । रमाइलो कुरा त के छ भने छाडा कार्यक्रम चलाएर चर्चामा आएकी सोनिका पछिल्लो समय कुर्ता सुरुवालमा देखिन थालेकी छिन् । सोनिकाले खबरहबसँगको कुराकानीमा भनेकी थिइन्, ‘म त अब माता बन्छु होला, हाम्रो संस्कार त धेरै राम्रो रहेछ, पहिले म पाश्चात्य संस्कृतिको भ्रममा बाँचेकी रहेछु ।’

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १२ : ०० बजे

डा. डीआर उपाध्यायको ‘अन्तस्करण’ लोकार्पण

काठमाडौं – नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक

झापामा सिटी सफारी चोरीमा संलग्न गिरोह पक्राउ

झापा – सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मस्को – मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना