भिसाको राम्रो परीक्षण गर्न दूतावासहरुलाई विभागको पत्र « Khabarhub

भिसाको राम्रो परीक्षण गर्न दूतावासहरुलाई विभागको पत्र


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार विभागले रोजगारीमा जाने कामदारको भिसा र करारपत्रमा कामदारको पेशा फरक परेको भन्दै एकरुपता ल्याउने विषयमा पहल गर्न खाडी तथा मलेसियास्थित नेपाली दूतावासहरुलाई आग्रह गरेको छ ।

नेपालका विदेशस्थित सबै कूटनीतिक नियोग र विशेषगरी यूएईको आबुधावी, कतारको दोहा, साउदी अरबको रियाद, नेपाली दूतवास कुवेत, नेपाली दूतावास बहराइन मानमा , नेपाली दूतावास ओमान मष्कट र मलेसियालाई पत्र लैख्दै विभागले आग्रह गरेको हो ।

विभागले नेपालबाट विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारको भिसा र कम्पनीसँग भएको सम्झौतापत्र तथा विभाग अन्तर्गतको काठमाडौं कार्यालयबाट जारी हुने श्रम स्वीकृतिमा पेशा लगायतका विषयमा एकरुपता नभएका कारण पुनः श्रम स्वीकृति दिन कठिनाइ भइरहेको भन्दै प्रमाणिकरण गर्ने प्रष्ट पर्ने दूतावासहरुलाई अपिल गरेको छ ।

कतिपय कामदारहरु अन्य पेशामा काम गर्न जाने तर भिसा भने ड्राइभर र अपरेटरजस्ता सीप आवश्यक पर्ने प्राविधिक पेशा उल्लेख हुने गरेबाट सीप प्रमाणित हुने कागजात पेश नभएसम्म पुनः श्रम स्वीकृति नहुने भन्दै त्यस विषयमा कामदारहरुलाई आ–आफ्ना कम्पनीबाट प्रमाणपत्र लिन सचेत गराउन गैर आवासीय नेपाली संघका एकाईहरुलाई समेत परिचालन गर्न आग्रह गरको छ ।

विभागले केही दिनअघि गरेको ओरियन्टेशनमा संस्थागत श्रम स्वीकृतिमा पनि यस प्रकारका समस्या आएको भन्दै व्यवसायीहरुले विभागले समस्या बुझेर श्रम स्वीकृति दिने व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १२ : १५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल