१० दिनदेखि अपहरणमा परेका बालकको सकुशल उद्दार, अपहरणकारी गोली हानेर पक्राउ « Khabarhub

१० दिनदेखि अपहरणमा परेका बालकको सकुशल उद्दार, अपहरणकारी गोली हानेर पक्राउ


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरी अपहरित बालकको सकुशल उद्दार गरेको छ ।

पर्सा प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका–२५ सिर्सिया घर भइ काभ्रेको बनेपा बस्दै आएका अम्जद खानका १४ वर्षीय छोराको सकुशल उद्दार गरेको हो ।

बनेपाबाट वीरगन्ज आउने क्रममा अम्जदका १४ वर्षीय छोरा कात्तिक १० गते अपहरणमा परेका थिए ।

प्रहरीले १० दिनको प्रयासपछि अपहरित बालकलाई सकुशल उद्दार गरेको हो ।

अपहरणकारीले अपहरणमा परेका बालककै मोबाइलबाट फोन गरेर अम्जदसँग १२ लाख रुपैयाँ फिरौती मागेका थिए । १२ लाख रुपैयाँ नदिए छोराको हत्या गरिदिने भन्दै अपहरणकारीहरुले बारम्बार धम्की दिइरहेको अवस्थामा अम्जदले प्रहरीको मद्दत मागेका थिए ।

अपहरणकारीले बारम्बार फोन गरी फिरौती माग्न थालेपछि प्रहरीले अपहरणकारीलाई फिरौती रकम लिने क्रममा नै पक्राउ गर्ने योजना बनाएको थियो ।

प्रहरीकै योजनाअनुसार अम्जादले अपहरणकारीलाई बुधबार फिरौती रकम लिनका लागि वीरगन्ज बोलाएका थिए ।

फिरौती रकम लिनका लागि अपहरणकारी वीरगन्जतर्फ आइरहेको सूचनाका आधारमा परिचालन भएको प्रहरीले फिरौती लिएर भाग्न लागेको अवस्थामा अपहरणकारीलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा पर्साको पोखरीया नगरपालिका–६ सोनवरी बस्ने जोख्खु दासका २० वर्षीय छोरा कुमार दास छन् ।

प्रहरीले गोली प्रहार गरी कुमारलाई पक्राउ गरेको हो । गोली प्रहारबाट घाइते भएका कुमारको अहिले नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले उनको साथबाट बीआर २२ जे ०८०३ नम्बरको मोटरसाइकल, १ थान कटुवा पेस्तोल र त्यसमा लोड गरिएको गोली १ राउण्डसहित अन्य ४ राउण्ड गोली लगायत सामग्री बरामद गरेको छ ।

अपहरणकारीलाई पक्राउ गरेपछि अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ । अपहरणमा अन्य २ जनाको संलग्नता रहेको पनि खुलेको छ । उनीहरु भने फरार छन् ।

प्रहरीले फरार रहेका अपहरणकारीको खोजी कार्य जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १२ : ३० बजे

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण