सुन्तला खानुका यस्ता छन् फाइदा « Khabarhub

सुन्तला खानुका यस्ता छन् फाइदा


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्तलाको नाम लिने वित्तिकै तपाईको मुख रसाउँछ होला । अहिले सुन्तला खाने सिजन पनि हो । जाडो मौसममा न्यानो घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । साथीभाइसँग घाम ताप्दै सुन्तला खाँदा रमाइलो मात्र होइन स्वास्थ्यका लागि पनि निक्कै फाइदाजनक छ ।

यस्तो छ सुन्तलाको फाइदा

उच्च रक्तचाप नियन्त्रण गर्न

सुन्तला सेवन गर्नदा उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पु¥याउँछ । सुन्तलामा हुने हेस्परिडिन भन्ने तत्वले उच्च रक्तचाप नियन्त्रण गर्छ । त्यसैले उच्च रक्तचापको समस्या भएका व्यक्तिका लागि सुन्तला निकै फाइदाजनक छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन

सुन्तलामा प्रसस्त मात्रालमा भिटामिन सी पाइन्छ । भिटामिन सी प्रसस्त भएको सुन्तलाले तपाईमा रोग प्रतिरोधात्मक क्षमताको विकास गरी तपाईलाई रोगहरु लाग्नबाट बचाउँछ । चिसो मौसममा रोगसँग लड्न सुन्तला खानु निकै फाइदाजनक छ ।

छालाको सुन्दरता बढाउँछ

सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले तपाईको छालालाई सुन्दर बनाउँछ । त्यसैले तपाईको अनुहार र छालाको सुन्दरताका लागि पनि नियमित सुन्तला खानु उपयुक्त हुन्छ ।

मुटुलाई स्वस्थ राख्छ

सुन्तलामा हुने पोटासियमले तपाईको मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । त्यसैले मुटुलाई स्वस्थ राख्न सुन्तला खानु उपयुक्त हुन्छ ।

क्यान्सरको जोखिम कम गर्छ

सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले तपाईलाई क्यान्सर हुन दिदैन । नियमित सुन्तला खाने व्यक्तिमा स्तन, फोक्सो र छालाको क्यान्सरको जोखिम कम गर्छ ।

आँखाको दृष्टिलाई फाइदा

सुन्तलामा पाइने भिटामिन ए ले आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक छ । त्यसैले आँखा स्वास्थ्यका लागि पनि नियमित सुन्तला खानुस् ।

कब्जियतबाट बचाउँछ

सुन्तलामा पाइने फाइबरले कब्जियत हुन दिदैन । त्यस्तै सुन्तलामा हुने रेशायुक्त पपदार्थले तपाईका् पाचन प्रणाली समेत राम्रो बनाउँछ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : २२ बजे

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी