एमसीसीविरुद्ध नेपाललाई चौथो विकेटको सफलता « Khabarhub

एमसीसीविरुद्ध नेपाललाई चौथो विकेटको सफलता


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर- नेपालले इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब एमसीसीविरुद्धको तीन दिवसीय क्रिकेटमा ४ विकेट लिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा एमसीसीले ४ विकेटको क्षतिमा ६० ओभर खेल्दै २३३ रन जोडेको छ ।

टस हारेर पहिला ब्याटिङ गरिरहेको एमसीसीको विकेट लिने क्रममा नेपालका सोमपाल कामी र शरद भेषावकरले समान २-२ विकेट लिएका छन् ।

क्रिजमा अहिले विल भन्डरस्पर ३७ तथा ईडी योङ्ग १५ रनका साथ छन् ।

पहिलो विकेटको रुपमा वेली गोल्डम्यानलाई १० रनमा पभेलियन पठाएका सोमपालले दोस्रो विकेटको रुपमा विल रोड्सलाई बोल्ड आउट गरे ।

विल रोड्स ७३ रन बनाएर आउट भएका हुन् । टम वेस्टलीले ३९ रन जोड्दा माइल्स हामोण्डले ५२ रन बनाए ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  २ : ४४ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति