देउवालाई जोडेपछि विवादमा फसेको ‘घामड शेरे’ ले निकाल्यो यस्तो विज्ञप्ति « Khabarhub

देउवालाई जोडेपछि विवादमा फसेको ‘घामड शेरे’ ले निकाल्यो यस्तो विज्ञप्ति


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘घामड शेरे’ को पोस्टरमा पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको तस्वीर जोडेर प्रयोगकर्ताले सामाजिक सञ्जालमा पोस्ट गर्न थालेपछि चलचित्र विवादमा तानिएको छ । चलचित्रको नामलाई लिएर विवाद बढेपछि निर्माण टिमले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

केही दिनअघि कलाकार आसिफ साहले चलचित्र घामड शेरेको तस्वीरसँग देउवाको तस्वीर जोडेर चलचित्रको प्रचार गर्न ‘रमाइलो’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उक्त पोस्टपछि चलचित्र विवादमा परेको थियो । विवादसँगै नेविसंघ तथा तरुण दलका नेताहरूले सुदूरपश्चिममा ‘घामड शेरे’ चलाउन नदिने चेतावनी दिएका थिए ।

नेविसंघ बैतडीका जिल्ला सभापति कपिल केसीले फेसबूकमार्फत ‘घामड शेरे’ सुदुरपश्चिमका कुनै पनि हलमा चल्न नदिने चेतावनी दिएका थिए । सो चेतावनीपछि आसिफले स्टाटस हटाएर माफी मागेका थिए ।

यसैबीच निर्माता तथा निर्देशक हेमराज बिसीले विज्ञप्ति जारी गर्दै चलचित्रको नामलाई राजनीतिक क्षेत्रका अग्रज व्यक्तित्वको नामसँग जोडेर गरिएका सामाजिक सञ्जालमा गरिएका पोस्टमा आफूहरुको कुनै सङ्लग्नता र समर्थन नभएको बताएका छन् ।

विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘चलचित्र घामड शेरेको प्रमुख पात्रको रुपमा रहेको शेरे नाम गरेको पात्रको यस चलचित्र भित्रको चरित्र, व्यवहार र कार्यशैली समेत राजनीतिक प्रकृतिको छैन ।’

साथै निर्माण टिमले चलचित्रको पात्रको नाम जोडेर सामाजिक सञ्जालमार्फत राजनीतिक व्यक्तित्वमा पर्न गएको असर र असुविधाका लागि भन्दै माफी मागेको छ । निर्माण टिमले कसैलाई पनि घामड शेरेको पोस्टरमा कुनै नेताको तस्वीर राखेर ट्रोल नगरिदिन समेत सबैलाई अनुरोध गरेको छ ।

स्रोतका अनुसार निर्देशकलाई काङ्ग्रेस निकट केही नेताले फोन गरेर नाम फेर्न भनेका थिए । तर, नेविसंघ निकट नेताहरुले भने आफूहरूले त्यस्तो केही नभनेको र यसलाई सामान्य लिएको बताएका छन् ।

नेविसंघका नेता प्रेम जोशीले आफ्नो संगठनले यसलाई सामान्य रुपमा लिएको खबरहबलाई बताए । उनले भने, ‘हामीले निर्माण टिमलाई केही भनेकै छैनौँ, केही साथीहरुले सामाजिक सञ्जालमार्फत कुरा उठाएका चाहिँ हुन्, त्यो कुरा मिलिसक्यो, बरु उहाँहरुले प्रचारको फण्डा बनाउनुभएको होला ।’

निर्देशक बिसीले यो चलचित्रमा राखिएको ‘शेरे’ नाम पश्चिमतिर प्रयोग गरिने चर्चित नाम भएका कारण लिइएको बताउँदै आएका छन् । उनका अनुसार पश्चिम क्षेत्रका कतिपय गाउँमा हरेक घरमा कोही न कोही बालकको नाम शेरे राखिएको हुन्छ ।

‘घामड शेरे’ मा शेरेको भूमिकामा अभिनेता निश्चल बस्नेत देखिँदैछन् । यस्तै चलचित्रमा स्वस्तिमा खड्काको पनि शीर्ष भूमिका रहनेछ ।

चलचित्र आउँदो शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आउँदैछ । यसअघि चलचित्र कार्तिक ८ गते प्रदर्शन हुने भनिएको थियो । मल्टिप्लेक्स हलमा कम शो पाएपछि चलचित्रको रिलिज मिति २ हप्ता पछाडि सारिएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ४ : ०५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि