डेंगु नियन्त्रणका लागि प्रदेश सरकारले पायो ‘फग मेसिन’ | Khabarhub Khabarhub

डेंगु नियन्त्रणका लागि प्रदेश सरकारले पायो ‘फग मेसिन’


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बुटवल– लामखुट्टे र भुसुनालगायतका कीटाणु नष्ट गर्ने ‘फग मेसिन’ प्रदेश नं ५ सरकारलाई उपलब्ध भएको छ ।

कोरियन क्रुपि फाण्डेशनका अध्यक्ष लि साङ हुनले आज सो प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई उक्त मेशिन हस्तान्तरण गरेका हुन् । फाण्डेशनले ४५ लाख मूल्य बराबरका ३० थान मेशिन प्रदेश सरकारलाई उपलब्ध गराएको हो । प्रति मेशिनको मूल्य १ लाख ५० हजार रुपैयाँ परेको बताइएको छ । सो मेशिनबाट डेङ्गु नियन्त्रणमा आउने विश्वास गरिएको छ ।

त्यस्तै फाउण्डेशनले डब्लुएचओबाट प्रमाणीकरण भएको रु एक लाख मूल्य बराबरको औषधि पनि प्रदेश सरकारलाई उपलब्ध गराएको छ । सो संस्थाले गत वर्ष विराटनगरमा पनि मेशिन र औषधि वितरण गरेको थियो ।

यस वर्ष काठमाडौँमा पनि महानगरपालिकाको स्वीकृतिमा सम्बन्धित संस्थाले औषधि छर्कने कार्य गरेको बताइएको छ । त्यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको भैरहवा र सुनौलीमा पनि सम्बन्धित संस्थाले औषधि छर्कने छ ।

सो अवसरमा मन्त्री केसीले प्राप्त भएको मेशिनमध्ये सुरक्षा क्याम्प र चार उपमहानगरपालिकालाई एक एक वटा प्रदान गरिने बताए । फाउण्डेशनका अध्यक्ष हुनले लामखुट्टे नियन्त्रणमा यो मेशिनले फलदायी परिणाम ल्याउने विश्वस व्यक्त गरे । रुपन्देहीमा डेङ्गुबाट यस वर्ष मात्रै ३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ३ : ५३ बजे

ज्वालामुखी विस्फोटका कारण अवरुद्ध उडान सेवा पुनः सञ्चालन

एजेन्सी– ज्वालामुखी विस्फोटका कारण अवरुद्ध भएका इन्डोनेसियाली रिसोर्ट टापुमा आउने

‘मंसिरभित्र काम सुरु नगरे चिनियाँ कम्पनीसँगको ठेक्का तोड्छौँ’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड निर्माणमा

नारायणगढ–बुटवल सडक बारे प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको

‘द गार्जियन’ले बहिष्कार गर्‍यो ‘एक्स’, अब कुनै सामग्री पोस्ट नगर्ने

काठमाडौं- बेलायती अखबार द गार्जियनले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा

मङ्सिर १२ भित्र बक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति लिएका