सैनिक मुख्यालयमा ‘नेपाल एकीकरण मार्ग कार्यक्रम’ सम्बन्धी छलफल « Khabarhub

सैनिक मुख्यालयमा ‘नेपाल एकीकरण मार्ग कार्यक्रम’ सम्बन्धी छलफल


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सैनिक मुख्यालयमा ‘नेपाल एकीकरण मार्ग’ कार्यक्रम सम्बन्धी प्रस्तुतिकरण तथा छलफल भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको उपस्थितिमा नेपाल एकीकरण मार्ग कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सो सम्बन्धी हालसम्म भएका कार्यहरुको प्रगती र भावी योजनाको विषयमा प्रस्तुतिकरण गरिएको नेपाली सेनाले जनाएको छ ।

एकीकरण मार्ग कार्यक्रमलाई व्यवस्थित ढंगले कार्य सम्पादन गर्ने उदेश्यले तयार पारिएको ‘इतिहास एवं सम्बर्द्धन कार्यमा नेपाली सेनाको सहभागिता सम्बन्धी निर्देशिका–२०७६’को समेत प्रतुतिकरण गरिएको थियो ।

कार्यक्रममा एकीकरण मार्ग कार्यक्रमको अनुसन्धान तथा प्रवर्द्धनमा रहेका इतिहासविदहरु, प्राध्यापक डा.त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा. कमलराज सिंह राठौर र सह प्रा. डा. विनोद थापाको उपस्थिति रहेको थियो ।

उनीहरुले ०७७ फाल्गुन महिनामा सेना दिवसको दिन विमोचन गर्ने गरी तयार हुन लागेको नेपाल एकीकरण मार्ग सम्बन्धी पुस्तकको अनुसन्धानविधि तथा पुस्तकको प्रारुप सम्बन्धमा आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा पुस्तकको अुसन्धान तथा प्रकाशन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको सेनाले जनाएको छ । कार्यक्रमको अन्त्यमा प्रधानसेनापति थापाले एकीकरण मार्ग कार्यक्रमको उदेश्य तथा इतिहासविद्हरुबाट तयार हुने पुस्तकको बारेमा आफ्नो धारणा राखेका थिए ।

ऐतिहासिक वर्णनसहित सैनिक दृष्टिकोणबाट समेत अनुसन्धान गरी नेपाली सेनाले लडेका विभिन्न युद्धहरुकोबारेमा विश्लेषण सहितको विवरण उल्लेख हुने हुँदा नेपाली सैनिक इतिहासमा सो पुस्तकले थप योगदान पुर्‍याउने सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ५ : ४० बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन