सैनिक मुख्यालयमा ‘नेपाल एकीकरण मार्ग कार्यक्रम’ सम्बन्धी छलफल « Khabarhub

सैनिक मुख्यालयमा ‘नेपाल एकीकरण मार्ग कार्यक्रम’ सम्बन्धी छलफल


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सैनिक मुख्यालयमा ‘नेपाल एकीकरण मार्ग’ कार्यक्रम सम्बन्धी प्रस्तुतिकरण तथा छलफल भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको उपस्थितिमा नेपाल एकीकरण मार्ग कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सो सम्बन्धी हालसम्म भएका कार्यहरुको प्रगती र भावी योजनाको विषयमा प्रस्तुतिकरण गरिएको नेपाली सेनाले जनाएको छ ।

एकीकरण मार्ग कार्यक्रमलाई व्यवस्थित ढंगले कार्य सम्पादन गर्ने उदेश्यले तयार पारिएको ‘इतिहास एवं सम्बर्द्धन कार्यमा नेपाली सेनाको सहभागिता सम्बन्धी निर्देशिका–२०७६’को समेत प्रतुतिकरण गरिएको थियो ।

कार्यक्रममा एकीकरण मार्ग कार्यक्रमको अनुसन्धान तथा प्रवर्द्धनमा रहेका इतिहासविदहरु, प्राध्यापक डा.त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा. कमलराज सिंह राठौर र सह प्रा. डा. विनोद थापाको उपस्थिति रहेको थियो ।

उनीहरुले ०७७ फाल्गुन महिनामा सेना दिवसको दिन विमोचन गर्ने गरी तयार हुन लागेको नेपाल एकीकरण मार्ग सम्बन्धी पुस्तकको अनुसन्धानविधि तथा पुस्तकको प्रारुप सम्बन्धमा आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा पुस्तकको अुसन्धान तथा प्रकाशन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको सेनाले जनाएको छ । कार्यक्रमको अन्त्यमा प्रधानसेनापति थापाले एकीकरण मार्ग कार्यक्रमको उदेश्य तथा इतिहासविद्हरुबाट तयार हुने पुस्तकको बारेमा आफ्नो धारणा राखेका थिए ।

ऐतिहासिक वर्णनसहित सैनिक दृष्टिकोणबाट समेत अनुसन्धान गरी नेपाली सेनाले लडेका विभिन्न युद्धहरुकोबारेमा विश्लेषण सहितको विवरण उल्लेख हुने हुँदा नेपाली सैनिक इतिहासमा सो पुस्तकले थप योगदान पुर्‍याउने सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ५ : ४० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल