धितोपत्र बजार : नेप्से परिसूचक ओरालो « Khabarhub

धितोपत्र बजार : नेप्से परिसूचक ओरालो


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.४४ बिन्दुले घटेर एक हजार १३८.०२ मा पुगेको छ । मङ्गलबार पनि नेप्से परिसूचक ०.८१ विन्दुले घटेको थियो । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.४१ विन्दुले घटेर २४९.७१ मा पुगेको छ ।

नेप्से ओरालो लागेसँगै कारोबारमा पनि गिरावट आएको छ । आज कुल १६० कम्पनीका सात लाख ५० हजार ३३ कित्ता शेयर रु २० करोड ६२ लाख ५३ हजार ८४७ मा खरिदबिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये चार समूहको शेयर बढेको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १७.१६ अङ्कले बढ्दा माइक्रोफाइनान्स ४.४७, जीवन बीमा २१.३८ र सामूहिक लागनी कोषको शेयर ०.०२ अङ्कले बढेको छ ।

यस्तै बैङ्किङ ०.०३, होटल ७.६८, विकास बैङ्क ६.९५, जलविद्युत् ४.०३, फाइनान्स २.६२, निर्जीवन बीमा ४.३८, उत्पादन ७.७६ र अन्य उपसमूहका शेयर ६.८ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा प्रभु बैङ्क शीर्ष स्थानमा रह्यो । सो बैङ्कको शेयर रु चार करोड ३६ लाख ७५ हजार ९६१ मा खरिदबिक्री भयो । यस्तै नविल बैङ्क रु एक करोड तीन लाख ६७ हजार ५६७, नेपाल क्रेडिट एण्ड कमर्सियल बैङ्क लिमिटेड रु ८७ लाख ६१ हजार ४२, एनआइसी एसिया बैङ्क रु ८० लाख ६९ हजार ९८, कृषि विकास बैङ्क रु ६९ लाख ६६ हजार १९२ र नेपाल बैङ्कको शेयर रु ६४ लाख ७२ हजार ५४८ मा खरिदबिक्री भए ।

परिसूचक घटेपनि साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले ९.८८ प्रतिशतले कमाए । यस्तै नयाँ नेपाल लघुवित्त वित्त विकास बैङ्क ५.७५, सिजर्नी पावर डेभलपमेन्ट ४.१७, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ४.००, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड ३.९२ र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३.७१ प्रतिशतले कमाए ।

महालक्ष्मी विकास बैङ्कका शेयरधनीले ४.२८ प्रतिशतले गुमाउँदा युनियन हाइड्रोपावर ३.७०, गुडवील फाइनान्स ३.६४, तिनाउ मिसन डेभलपमेन्ट बैङ्क ३.२८, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.०९ र मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले २.९७ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : २२ बजे

दाङमा विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध

दाङ–  विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध गरिएको

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन

राजेन्द्र राईको अभिव्यक्तिले अवरुद्ध संसद् सुचारु

काठमाडौं– प्रतिनिधिसभाको केहीबेरका लागि स्थगित भएको बैठक सुरु भएको छ । 

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

एजेन्सी– स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त