टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्ने प्रतिवद्धता « Khabarhub

टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्ने प्रतिवद्धता


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्नका लागि आफूले पहल गर्ने बताएका छन् ।

तुलसीपुरमा बुधबार तुलसीपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको भेटघाटका क्रममा अध्यक्ष दाहालले वर्तमान अवस्थामा सञ्चालन भइरहेको दाङ विमानस्थलको बिस्तार गर्न आवश्यक रहेकोसमेत धारणा व्यक्त गरे ।

उहाँले भने, “म पटकपटक स्थलगत अनुगमनमा समेत गइसकेको छु, वर्तमान अवस्थामा तत्काल धावनमार्गको बिस्तार गरेर एक हजार २०० मिटर गराउँदा ठूला जहाज पनि बस्नसक्ने अवस्था रहेको छ, यसमा राज्यले थप लगानी गर्नुपर्छ ।”

तुलसीपुर उद्योग वाणिज्य सङ्घले पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाललाई तीनबुँदे ज्ञापनपत्रसमेत बुझाएर यस क्षेत्रको विकास निर्माणका बारेमा ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ८ : ३० बजे

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।