मेलम्ची सम्पन्न गर्न एकजुट बनौंः मन्त्री मगर « Khabarhub

मेलम्ची सम्पन्न गर्न एकजुट बनौंः मन्त्री मगर


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न र मिति तोक्न एकजुट भएर लागिरहेको बताएकी छन् ।

मेलम्ची खानेपानी आयोजनाका लागि आवश्यक पूर्वाधार र आगामी कार्ययोजना बनाइसकेकाले मन्त्रालय, आयोजनाको टिम एकजुट भएर लागिरहेको उनले दाबी गरिन् ।

आयोजनाको समय थपिँदै जानुले राम्रो सन्देश नदिएको भन्दै मन्त्री मगरले सीएमसीपछिको नयाँ ठेकेदार कम्पनीले उत्साहजनकरुपले काम गरेको बताइन् । मन्त्रालयको विशेष टोलीले यसबारे गहिरो रुपमा केलाएर कामलाई अगाडि बढाइरहेको उनले बताइन् ।

मन्त्री मगरका अनुसार स्थानीयको रोयल्टी निश्चित गर्नका लागि मन्त्रालयस्तरको समस्या समाधान समिति बनाइएको छ । मेलम्ची राजधानी नपुग्दा वर्षौं प्यास मेटिन नपाएको भन्दै काम पूरा गरेर छाड्ने प्रतिबद्धता जनाइन् ।

स्थानीय कामदारको पारिश्रमिकबारे मन्त्रालयको सहसचिवको एउटा समिति बनिसकेकाले आवश्यक छानबिन थालिसकेको उनले प्रष्ट्याइन ।

मन्त्रालयको टोली, आयोजनाका प्रतिनिधि, जनप्रतिनिधिसँगै हेलम्बु गाउँपालिकाको अम्बाथानस्थित खानेपानीको मुहानस्थल, हेर्डबक्सस्थल निरीक्षण गर्दै मन्त्री मगरले चाँडै आयोजना सक्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ८ : १२ बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न