नेकपाका नेता भरतमोहन र रवीन्द्रको सम्झनामा आज श्रद्धाञ्जलीसभा « Khabarhub

नेकपाका नेता भरतमोहन र रवीन्द्रको सम्झनामा आज श्रद्धाञ्जलीसभा


२३ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवंगत नेताद्वय भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको सम्झनामा आज (बिहीबार) श्रद्धाञ्जलीसभा हुँदैछ ।

उपचारका क्रममा निधन भएका पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा दिउँसो १ बजेपछि श्रद्धाञ्जलीसभा कार्यक्रम हुने नेकपा सचिवालयले जनाएको छ ।

भृकुटीमण्डवमा हुने श्रद्धाञ्जलीसभालाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।

श्रद्धाञ्जलीसभामा प्रदेश ३ र उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका पार्टी पंक्तिलाई परिचालन गरिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  १० : ३२ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही