ग्रान्डी अस्पतालमा ‘एन्युरिजम क्वाइलिङ’ शल्यक्रिया सफल « Khabarhub

ग्रान्डी अस्पतालमा ‘एन्युरिजम क्वाइलिङ’ शल्यक्रिया सफल


२३ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल सेरेब्रल एन्युरिजम क्वाइलिङ शल्यक्रिया गर्न सफल भएको छ । सेरेब्रल एन्युरिजमबाट पीडित एक वृद्धाको डा. सुवाष फुयाल, डा कपिल दवाडी र डा सौरभकृष्ण मल्लको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

एन्युरिजम भनेको मस्तिष्कमा रहेको रक्तनलीको कमजोर भाग फुल्नु हो जुन फुट्यो भने आन्तरिक रक्तश्राव भई बिरामीको मृत्युसमेत हुनसक्ने कन्सल्ट्यान्ट न्युरोइमेजिङ एन्ड इन्टरभेन्सनल रेडियोलोजिस्ट डा. फुयाल बताउँछन् ।

उनका अनुसार एन्युरिजम क्वाइलिङमा बिरामीको खप्पर नखोलिकनै गरिने भएकाले बिरामीका महत्वपूर्ण आन्तरिक अङ्गमा क्षति पुग्ने सम्भावना निकै कम हुन्छ ।

असह्य टाउको दुख्नुका साथै र बारम्बार अचेत भएपछि लमजुङबाट ल्याइएकी ६० वर्षीया वृद्ध महिलामा यो उपचार विधि अपनाएको थियो । अहिले बिरामीको स्वास्थ्य अवस्था राम्रो भई घर पठाइएको छ ।

नेपालमै यस किसिमको उपचार सम्भव भएकामा खुशी व्यक्त गर्दै बिरामीका आफन्त अमृत गुरुङले भने, “यसबारेमा धेरैलाई जानकारी नहुँदा धेरैले अकालमै ज्यान गुमाउनुपरेको छ भने विदेशका महँगो अस्पतालमा लाखौँ रुपैयाँ खर्चिनु परेको छ ।”

अत्याधुनिक प्रविधि र वैज्ञानिक खोजलाई निरन्तर पछ्याइरहेको ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पतालले सेरेब्रल एन्युरिजम क्वाइलिङ सफलतापूर्वक सम्पन्न गरेर नेपालमै सर्वोत्कृष्ट र विश्वस्तरीय उपचार हाम्रै देशमा गराउने अवसर बिरामीलाई दिन सफल भएको अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  १० : ३८ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर