कपिलवस्तुमा गोली चल्यो : विप्लवका कार्यकर्ता घाइते « Khabarhub

कपिलवस्तुमा गोली चल्यो : विप्लवका कार्यकर्ता घाइते


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कपिलवस्तुमा प्रहरीको गोली लागेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता घाइते भएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका ९ सुन्दरजाडामा प्रहरीले छापा मार्न खोज्दा भागेका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका हुन् । घटनाको पुष्टि गर्दै नवलपरासीका एसपी प्रहरी उपरीक्षक अच्यूत पुडासैनीले एनसेलको टावरमा आगजनी गर्ने संकास्पद व्यक्तिका रुपमा छानविन गर्न खोज्दा भागेपछि प्रहरीले गोली चलाएको बताए ।

प्रहरीले रोकाको शिवराज नगरपालिका वडा नं. ९ सुन्दरजाडास्थित घरमा छापा मार्न खोज्दा उनी भागेका थिए । रोका भागेपछि प्रहरीले फायर खोलेको थियो । उनको खुट्टामा गोली लागेको छ । गोली लागेर घाइते भएका रोकाको बुटबल अञ्चल अस्पतालमा उपचार भइरहेको छ । रोकाको घरबाट २ थान एएमजी, त्यसको म्यागजिन ३ थान र चाईनिज पेस्तोल १ थान बरामद भएको छ ।

हिजो (बुधबार) धनगढी पुगेका गृहमन्त्री रामबहादुर थापाले देशमा भइरहेको ध्वम्सात्मक गतिविधि प्रति सरकार गम्भीर रहेको र संलग्नलाई कारबाही गर्ने बताएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  १० : ४९ बजे

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

सुदूरपश्चिम– सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध दायर बजेटसम्बन्धी उत्प्रेषण रिट

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न