पूर्व सांसदको निधनबाट नेकपा स्तब्ध « Khabarhub

पूर्व सांसदको निधनबाट नेकपा स्तब्ध


२३ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएका वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको असामयिक निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ ।

पार्टी महासचिव विष्णु पौडेलले आज जारी गरेको शोक सन्देशमा पञ्चायतकालमा नुवाकोट जिल्लामा कम्युनिष्ट आन्दोलन विस्तारका लागि पण्डितले निर्वाह गरेको भूमिका स्मरणीय रहेको बताउँदै पार्टीले कम्युनिस्ट आन्दोलनले एक समर्पित नेता गुमाएको उल्लेख गरेका छन् ।

नेकपाले दिवङ्गत पण्डितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनकी जीवनसँगिनी सावित्री पण्डित, छोरा राजकुमार, किशोर र दिनेश तथा छोरी कल्पना, सफला र सुलोचनासहित शोककुल परिवारजन र आफन्तहरुप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

विसं २०४८ को आमनिर्वाचनमा नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनी असल शिक्षक र सङ्गठकका रूपमा परिचित थिए । बहत्तर वर्षको उमेरमा यही फागुन २१ गते पण्डितको निधन भएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  ११ : २० बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको