पीएसजीको च्याम्पियन्स लिग यात्रा समाप्त « Khabarhub

पीएसजीको च्याम्पियन्स लिग यात्रा समाप्त


२३ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोमेलु लुकाकुले दुई तथा मार्कुस रासर्फोडले एक गोल गर्दा फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पीएसजी) म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पीएसजी इङ्ग्लीस क्लब म्यानचेस्टर युनाइटेडसँग ३—१ गोल अन्तरले पराजित भएको हो ।

पीएसजीको घरेलु मैदानमा युनाइटेडका युवा खेलाडी लुकाकु र रासफोर्डले गोल गर्दै टिमलाई क्वाटरफाइनलसम्म पुर्याए । ओले गनर सोल्सायरका तर्फबाट लुकाकुले खेलको दोस्रो मिनेटमै पाएको गोल अवसरलाई गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए । केहीमिनेटको अग्रतालाई पीएसजीका युआन बेनार्टीले खेलको १२ औं मिनेटमा पहिलो गोल गर्दै युनाइटेडविरुद्ध खेल बराबरीमा पुर्याएका थिए ।

१—१ गोलको बराबरीमा रहेको खेलमा युनाइटेडका लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै ३० औं मिनेटमा खेल २—१ को अवस्थामा पुर्याएका थिए । पहिलो हाफमा २—१ को अवस्थामा रहेको खेलमा रासफोर्डले खेलको अतिरिक्त समयमा गोल गर्दै पीएसजीविरुद्ध टिमलाई ३—१ को जीत दिलाए ।

पीएसजीका लागि युवा स्टार एमबाप्पे र इडिन्सन काभानीले फरवार्ड लाइन सम्हालेपनि गोल गर्न नसक्दा यो सिजनको च्याम्पियन्स लिगको यात्रामा बिराम लागेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  ११ : ३५ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही