जिदानले मानेनन् फेरि रियल मड्रिड फर्कन « Khabarhub

जिदानले मानेनन् फेरि रियल मड्रिड फर्कन


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानले पुनः स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षक बन्न क्लबले गरेको प्रस्तावलाई अस्वीकार गरेको रियलका पूर्व अध्यक्ष रामोन क्याल्डरले बताएका छन् ।

जारी सिजनमा रियलको खराब प्रदर्शन कायम रहेपछि क्लबले जिदानलाई पुन प्रशिक्षकको जिम्मेवारीमा बोलाएपनि उनले क्लबको प्रस्तावलाई अस्वीकार गरेको उनलाई उद्धत गर्दै बीबीसीले लेखेको छ ।

“मलाई त्यो थाहा छ, क्लबका अध्यक्ष (फ्लोरेन्टिनो पेरेज) ले जिदानलाई फोन गरेका थिए र क्लबमा फर्कन अनुरोध पनि गरे । तर, उनले अहिले नआउने बताए,” पूर्व अध्यक्ष क्याल्डरनले भने, “उनले जुनमा फर्किन सक्ने सम्भावना देखाएका छन् ।”

रियलले जिदानको स्थानमा स्पेनका प्रशिक्षक जुलेन लोपेतेगुईलाई ल्याएको थियो । उनको आगमनले क्लबले राम्रो गर्न नसक्दा ४ महिना अगाडि उनलाई पनि बिदा गरेको रियलले यसै सिजनका लागि तेस्रो प्रशिक्षकका रुपमा सान्टीआगो सोलारीलाई भित्र्याएको थियो ।

यो सिजनमा रियल च्याम्पियन्स लिगमा मंगलबार राति भएको दोस्रो लेगमा अजाक्ससँग ४—१ गोल अन्तरले पराजित हुँदै बाहिरि सकेको छ भने कोपा डेल रे बाट पनि बाहिरिसकेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  १२ : ०५ बजे

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो