यौन इच्छा बढाउन के के खाने ? « Khabarhub

यौन इच्छा बढाउन के के खाने ?


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यौन मानिसका लागि एक आधारभूत आवश्यकता जस्तै हो । मानिसलाई खुसी बनाउन पनि यौन सन्तुष्टि आवश्यकता पर्दछ । निश्चित अवस्थामा महिला र पुरुष दुवैलाई यौनइच्छा हुनु स्वभाविक र यो प्राकृतिक पनि हो । तर, धेरै अवस्थामा यौनइच्छा नहुन पनि सक्छ ।

यौनइच्छा कै कारण धेरैको पारिवारिक सम्बन्ध पनि बिग्रेका घटनाहरु सार्वजनिक हुने गरेका छन् । नेपाल पुरुषप्रधान देश भएकाले पनि पुरुषका इच्छा चाँडो पूरा हुने र महिलाको इच्छा गौण अवस्थामा रहन्छन् । यही गौण अवस्थाका कारण महिलामा यौनइच्छा कम हुँदै जाने समस्या बढ्दो रहेको चिकित्सकहरुले बताउँछन् ।

यौन जिज्ञासा समाधान गर्ने चिकित्सकसँग धेरै पुरुषले आफ्नो श्रीमतीको यौनइच्छा नहुने गरेको गुनासो गर्ने गरेका छन् । यस्तो अवस्थामा उपचार के हुनसक्छ महिला र पुरुष दुवैलाई थाहा हुनु आवश्यक छ । यौनइच्छा बढाउन केही खानेकुरा नियमित सेवान गरे पुग्ने चिकित्सकहरु बताउँछन् । ति खानेकुराबाट पाउने पोषक तत्वले यौनइच्छा बढ्ने चिकित्सकहरुको भनाई छ ।

भिटामिन डी

भिटामिन डी मानिसको शरीरका लागि आवश्यक तत्व हो । यसको कमीले शरीरका हड्डी कमजोर हुनुका साथै महिलामा युटीआईमा पनि समस्या हुने गर्दछ । यो समस्याले महिलाको तल्लो पेट दुख्न सक्छ । त्यसैले यौनइच्छा बढाउन र सुखमय यौनजीवन बनाउनका लागि शरीरलाई चाहिने भिटामिन डी को सेवन गर्नु आवश्यक छ ।

भिटामिन सी

भिटामिन सीले मानिसमा हुने तनाव कम गर्न मद्दत गर्दछ । जसका कारण मानिसको स्वास्थ्य तथा यौनसम्बन्धका लागि पनि उपयुक्त हुन्छ। त्यसैले पनि बिहान उठेपछि मनतातो पानीमा राखेर कागती पानी पिउने, नियमित अमला खाने बानी गर्नु राम्रो हुन्छ ।

फाइबर

फाइबरजन्य खानेकुराबाट शरीरमा एस्ट्रोजन श्राव रोक्न मद्दत गर्दछ । जसका कारण महिनावारीको समयमा हुने पीडा कम हुन्छ । यसले महिलामा हुने पिसावसँग सम्बन्धित समस्या समाधान हुनुका साथै यौनइच्छा बढाउन पनि मद्दत गर्दछ ।

म्याग्नेसियम

यो तत्वले शरीरको मासुलाई दह्रो बनाउने काम गदर्छ । जसका कारण मानिसको दैनिकी सहज बन्छ भने, यौनसम्पर्क गर्न मन नलाग्ने समस्या पनि हट्छ । त्यसका लागि प्रत्येक दिन ३२० मिलिग्राम म्याग्नेसियमयुक्त खाना खानु उपयुक्त हुन्छ ।

यसरी तपाईंले आफ्नो गुमेको यौनइच्छा फर्काउन सक्नुहुनेछ भने जीवन सुखमय हुन्छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  १२ : ४४ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको