नेकपा नेता पण्डितको पार्थिव शरीरमा प्रचण्डले ओढाए पार्टीको झण्डा « Khabarhub

नेकपा नेता पण्डितको पार्थिव शरीरमा प्रचण्डले ओढाए पार्टीको झण्डा


२३ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएका दिवङ्गत वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको पार्थिव शरीरमा पुष्पहार चढाइ श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज अध्यक्ष दाहालले पण्डितको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे । सो क्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङलगायत नेता तथा कार्यकर्ताले पण्डितको पार्थिव शरीरमा पुष्पगुच्छा चढाइ श्रद्धाञ्जलि अर्पण गरे ।

फागुन २१ गते नुवाकोटको एक पूजा कार्यक्रममा सरिक हुन जाने क्रममा हृदयघातबाट गम्भीर घाइते भएका ७२ वर्षीय पण्डितको उपचारका क्रममा निधन भएको थियो । पण्डितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  १ : २० बजे

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै