जम्मुमा ग्रिनेड आक्रमण हुँदा २६ जना घाइते « Khabarhub

जम्मुमा ग्रिनेड आक्रमण हुँदा २६ जना घाइते


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जम्मु– भारत प्रशासित कश्मीरको पुलावामामा ४० जनाभन्दा धेरै भारतीय अर्धसैनिकको ज्यान जानेगरी भएको आत्मघाती बम आक्रमणको तीन साता पछि जम्मु शहरमा अर्को विष्फोट भएको छ ।

जम्मुको मुख्य बस बिसौनीमा मध्याह्न १२ बजे मानिसहरुको भीड रहेका बेला ग्रिनेड विष्फोट भएको अधिकारीले जनाएका छन् ।

विष्फोटनमा २६ जना घाइते भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले लेखेको छ ।

विष्फोटनमा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घइते हुनेमध्ये ११ जना कश्मीरका, ८ जना जम्मुका तथा बाँकी ६ जना भारतका अन्य राज्यका मानिसहरु छन् ।

घाइते हुनेमा बसचालक, सहचालकहरु तथा बस कुरेर बसिरहेका यात्रुहरु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरी अधिकारीका अनुसार बसमा लुकाइएको ग्रिनेड विष्फोट भएको हो । विष्फोट शक्तिशाली रहेकाले नजिकै रहेका बसका शिसा पनि फुटेका छन् ।

पछिल्लो १० महिनामा जम्मुमा भएको यो तेश्रो गिनेड आक्रमण हो । जम्मु भारतको जम्मु–कश्मीर राज्यको शीतकालीन राजधानी हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  २ : ४४ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष