श्रद्धाञ्जली सभामा प्रचण्डले भने –कस्तो मृत्यु रोज्ने ? सोच्न बाध्य पारेको छ « Khabarhub

श्रद्धाञ्जली सभामा प्रचण्डले भने –कस्तो मृत्यु रोज्ने ? सोच्न बाध्य पारेको छ


२३ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व मन्त्रीहरु रवीन्द्र अधिकारी र भरतमोहन अधिकारीको मृत्युले दिएको शोकलाई उर्जामा बदलेर अघिबढ्ने बताएका छन् ।

पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारी र पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा नेकपाका अध्यक्ष प्रचण्डले यो पीडालाई नयाँ उर्जामा बदल्ने र दिवंगतबाट प्रेरणा लिएर नयाँ तागत बनाउने बताए ।

‘उहाँहरुले देखाएको सपना पूरा गर्नका लागि संकल्प लिने बेला हो यो’ प्रचण्डले श्रद्धाञ्जली सभामा भने,‘रोएर मात्र बस्न सक्दैनौं र हुँदैन । यो पीडालाई उर्जा बनाउनका लागि उहाँहरुका राम्रा कामबाट अघि बढ्नु पर्छ ।’

बाँचुञ्जेल राम्रो काम गर्ने तर्फ अघि बढ्दा मृत्युपछि पनि समाजले स्मरण गर्ने भन्दै प्रचण्डले नराम्रा काम नगर्ने प्रतिवद्धता व्यक्त गर्ने अवसरको रुपमा यो शोकलाई लिनु पर्ने बताए ।

‘मरेपछि हामीले पैसा लिएर जाने होइन, धन सम्पत्ति लिएर जाने होइन, जाँदा त रित्तै जाने हो भन्ने विर्सेर हामी नकारात्मक कार्यमा उद्यत त भएका छैनौं सोच्नु पर्छ’ प्रचण्डले भने ।

नराम्रो काम गरियो भने मानिसहले हिसाब र स्मरण नगर्ने भन्दै प्रचण्डले राम्रा काममा लाग्न सुझाव दिए ।

‘उहाँहरुको अवसानले जिवितहरुलाई कस्तो मृत्यु रोज्ने भन्दै दार्शनिक रुपमा सोच्न बाध्य पारेको छ’ प्रचण्डले भने ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  २ : ४५ बजे

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत