सानैदेखि देशका लागि केही गर्ने गोपीको सपना १३ औं सागमा पूरा ! « Khabarhub

सानैदेखि देशका लागि केही गर्ने गोपीको सपना १३ औं सागमा पूरा !



काठमाडौं-‘२००६ श्रीलंकामा भएको दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका राजेन्द्र भण्डारी ३ हजार मिटरको दौड र ५ हजार मिटरको दौडमा गरी दुई स्वर्ण जिते । तर, उनी डोपिङमा परेपछि उनले जितेका दुवै स्वर्ण खोसियो,’ भन्ने समाचार स्कुलमा पढ्दा गोपीचन्द्र पार्कीका शिक्षकले कक्षामा सुनाएका थिए, त्यतिबेलै ।

२००६ मा नेपालले जितिसकेको स्वर्ण खोसिँदा उनले सागको मात्रै होइन् दौडकै मेसो पाएका थिएनन् । गाउँ तिर बिहान बेलुका दौडिने कुरा एउटा हो र प्रतियोगितामै दौडिने कुरा अर्को ।

गाउँमा दौडिने उनले नेपालको स्वर्ण खोसियो भन्ने समाचार सुनेपछि अब त्यसलाई फिर्ता ल्याउने जिम्मा आफ्नो हो भन्ने अठोट गरेका थिए । गोपिचन्द्र एथलेटिक्समा स्वर्ण जित्ने पाँचौ खेलाडी बनेका छन् ।

२०६३ सालमा राष्ट्रपति रनिङ सिल्डबाट पार्कीको दौड यात्रा शुरु भएको उनले एक सार्वजनिक कार्यक्रममा भनेका छन् । धनगढीका पार्की जिल्लाबाट केन्द्रसम्म पुग्दै अन्तर्राष्ट्रिय पदक जित्दा आफुले १४ बर्षसम्म मेहनत गर्नु परेको बताउँछन् ।

जिल्लामा हुँदा पनि गोपीचन्द्र खुबै मेहनती खेलाडी रहेको नेपाल एथलेटिक्स संघका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र थापाले बताए । ‘गोपी निकै मेहनती खेलाडी हुन् । उनले जिल्लादेखि यहाँसमम आइपुग्न निकै धेरै मेहनत गरेका छन्,’ शुक्रबार एथलेटिक्स ट्रयाकमा भेटिएका थापाले भने ।

जिल्लाबाट दौड शुरु गरेका गोपीको व्यसायिक यात्रा भने शसस्त्र प्रहरीसँग जोडिएपछि मात्रै शुरु भयो । उनी २०६३–६४मा काठमाडौं आएका थिए । त्यतिबेला उनी सहभागी भएपनि पराजित हुँदै घर फर्किए ।

त्यो प्रतियोगितामा पराजित भएपनि उनले यदि दौडिने नै हो भने विभागमा लाग्नु पर्छ भन्ने बुझे । किनकी उनी विभागीय क्लबका खेलाडीसँग पराजित भएका थिए ।

त्यसपछि विभागमा पस्ने क्रममा उनी सशस्त्र प्रहरी बलमा छिर्ने अवसर पाए । २०६६ मा सशस्त्रमा छिरिसकेपछि पनि क्लब छिर्न निकै समस्या भएको उनको बुझाइ छ ।

‘प्रतियोगितामा आर्मी, प्रहरी र सशस्त्रले जित्दो रहेछ । अब मैले पनि विभागमा छिर्नु पर्छ भन्ने भयो त्यसै क्रममा म २०६६ सालमा सशस्त्रमा भर्ना भए । एसटीएभ तालिम लिए । तालिममा अव्वल ठहरिएँ। तर, त्यहाँ पनि गाह्रो रहेछ,’ गोपीचन्दले विगत सम्झिए, ‘म कहाँको खप्तडमा अनि कहाँको खेल । क्लमा पर्न निकै अफ्ठ्यारो थियो । पछि एपीएफका प्रशिक्षक नरसिह राणाले खेलका लागि काठमाडौं झिकाए ।

जिल्ला क्षेत्र हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका उनले आफ्नो मेहनतको फलका रुपमा सागको स्वर्णलाई लिएका छन् । त्यतिमात्रै होइन, यसबीचमा उनी म्याराथनले म्याराथन पनि खेलेका थिए ।

तर, डोपिङ परेर खोसिएको नेपालको पदक घर फर्काउनले लक्ष्य बनाएका उनी सागमा ५ हजार मिटरको दौडमा सहभागी भए । म्याराथनबाट छोटो दौडमा फर्र्किएका उनी आफ्नो पहिलो लक्ष्य पुरा भएको बताउँछन् ।

सागमा स्वर्ण जितेका पार्की अबको आफ्नो लक्ष्य कीर्तिमानधारी बैकुण्ठ मानन्धरको २ घण्टा १५ मिनेटकोे समयको कीर्तिमान तोड्ने लक्ष्यमा छन् ।

धावक बैकुण्ठले म्याराथनमा बनाएको उक्त कीर्तिमान नेपाली खेलाडीले तोडोस् भन्ने चाहन्छन् । तर, अहिलेसम्म दक्षिण एसियाली खेलकुदमा यो रेकर्ड कसैले पनि तोड्न सकेका छैनन् ।

‘बैकुण्ठ गुरुको योजना छ । उहाँको २ घण्टा १५ मिनेटको म्याराथनको रेकर्ड कुनै नेपाली खेलाडीले तोडिदिओस् भन्ने । अब म म्याराथन खेल्छु, त्यो रेकर्ड तोड्छु, पार्कीले भने,‘यसअघि पनि मैले ६ म्याराथनमा दौडिसकेको छु ।’

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  १ : २९ बजे

क्यानाडामाथि ट्रम्पको कडा कदम, ५० प्रतिशत कर थप्ने घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय

बौद्धमा श्रीमान्‌सँगको विवादपछि आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जल्यो

काठमाडौँ – काठमाडौँको बौद्ध गेट नजिकै श्रीमान्‌सँगको विवादपछि एक महिलाले