नेपाल बंगलादेशसँग पराजित, सागमा स्वर्णको सम्भावना सकियो « Khabarhub

नेपाल बंगलादेशसँग पराजित, सागमा स्वर्णको सम्भावना सकियो


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ । यो हारसँगै नेपालको स्वर्ण सम्भावना सकिएको छ ।

लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशको यू- २३ टिमसंग ४४ रनले पराजित भएसंगै नेपालको स्वर्ण सम्भावना सकिएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ सय ५६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो । खराब सुरुवात गरेको नेपालले १४ रनमा ३ विकेट गुमाएको थियो ।

नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । उपकप्तान दिपेन्द्र सिंह ऐरीले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

बंगलादेशका तान्भिर इस्लाम, सौम्या सरकार, सुमोन खान र मेहेदी हसनले समान २/२ विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेश यू-२३ ले ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।

खराब सुरुवात गरेको बंगलादेशका लागि कप्तान नाजमुल होसेन सान्तो र आफिफ होसेनको ९४ रनको साझेदारी गरेपछी बंगलादेश लयमा फर्किएको थियो ।

उसका नाजमुल होसेन सान्तो र आफिफ होसेनले अर्धशतकीय पाली खेले । ६० बलको सामना गरेका सान्तोले ४ छक्का र ४ चौकाको मद्दतमा अविजित ७५ रन बनाए । यस्तै आफिफ होसेनले ५२ रन बनाए ।

चार खेलमा दुई जित र दुई हार व्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ । नेपालले ४ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा श्रीलंकासँग पराजित नेपालले दोस्रो खेलमा भुटानमाथि कीर्तिमानी जित निकालेको थियो । यस्तै शुक्रबार माल्दिभ्सलाई सहजै पराजित गरेको थियो ।

बंगलादेश यू-२३ ले ३ खेलमा ३ जित हात पार्दै ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै श्रीलंका यू-२३ समेत ३ खेलमा ६ अंकका साथ् तालिकाको दोस्रो स्थानमा छ । श्रीलंका र बंगलादेश एक खेल अगावै फाइनल प्रवेस गरेका छन् । अब नेपालले कास्य पदकको लागि माल्दिभ्ससंग खेल्ने छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  १ : १६ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो