तेह्रौँ साग : महिला क्रिकेटमा नेपाललाई कास्य पदक « Khabarhub

तेह्रौँ साग : महिला क्रिकेटमा नेपाललाई कास्य पदक


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेट स्पर्धामा आयोजक नेपालले कास्य पदक जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा तेस्रो स्थानका लागि आज भएको स्पर्धामा माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै नेपालले कास्य पदक जितेको हो ।

सागमार्फत महिला क्रिकेटको अन्तर्राट्रिय प्रतियोगितामा शुरुआत गरेको माल्दिभ्सलाई यसअघि लिग चरणको खेलमा समेत नेपालले पराजित गरेको थियो । खेलमा टस जितेर पहिला ब्याटिङ थालेको माल्दिभ्सले ११ दशमलव तीन ओभरमा सम्पूर्ण विकेट गुमाउँदै जम्मा आठ रनको योगफल तयार गरेको थियो ।

जीतका लागि सामान्य लक्ष्य पाएको नेपालले पहिलो ओभरको दोस्रो बलमा नै बिना विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा ‘प्लेयर अफ दी म्याच’ बन्न सफल अञ्जली चन्दले आफ्नो चार ओभर बलिङमा जम्मा एक रन खर्चेर चार विकेट लिन सफल भइन् ।

नेपालका लागि रोमा थापाले पाँच तथा काजल श्रेष्ठले दुई रन जोडिन् । बाँकी दुई रन भने वाइडमार्फत प्राप्त भएको थियो । नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले स्वर्णको लक्ष्य पूरा नभए पनि खेलाडीहरुले राम्रो क्रिकेट खेलेको उल्लेख गर्दैै आगामी दिनमा धेरैभन्दा धेरै ‘म्याच एक्सपोजर’ पाएको खण्डमा श्रीलङ्का, बङ्गलादेश जस्त टेस्ट मान्यता प्राप्त राष्ट्रहरुलाई समेत जित्न सफल हुने विश्वास व्यक्त गरे ।

नेपाली टोलीका कप्तान रुविना क्षेत्रीले प्रतियोगिताबाट सिक्ने अवसर मिलेको बताउँदै आउने दिनमा गल्ती कमजोरी हटाउँदै राम्रो क्रिकेट खेल्ने प्रतिबद्धता जनाइन् । माल्दिभ्स टोलीका कप्तान जोना मारियमले आफूहरु पहिलो अन्तर्राष्ट्रिय प्रतिस्र्धामा सहभागी भएकाले यसबाट सिक्ने अवसर मिलेको बताइन् ।

सागको महिला क्रिकेटको स्वर्ण पदकका लागि आइतबार श्रीलङ्का र बङ्गलादेशबीच स्पर्धा हुनेछ । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्स गरी चार राष्ट्रले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  २ : १५ बजे

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ