‘नेपाली समर्थकले भरिभराउ दशरथ रंगशालामा खेल्ने सपना पूरा भयो’ « Khabarhub

‘नेपाली समर्थकले भरिभराउ दशरथ रंगशालामा खेल्ने सपना पूरा भयो’



काठमाडौं – नेपाली यु–२३ का गोलकिपर विकेश कुथुले दशरथ रंगशालामा ठूलो ‘क्राउड’मा खेल्ने आफ्नो सपना पूरा भएको बताएका छन् ।

‘आजको खेल राम्रो भयो । मैले यो रंगशालामा यति ठूलो क्राउडमा खेल्न पाएको थिइनँ । तर, आज त्यो सपना पुरा भएको छ,’ कुथुले खेलपछि भने ।

माल्दिभ्स र नेपालको खेल हेर्नका लागि दशरथ रंगशालामा नेपाली दर्शको बाक्लो उपस्थिती रहेको थियो । समर्थकको साथले पनि नेपाललाई जित दिलाउन सहज भएको उनले बताए ।

१३ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको तेस्रो खेलमा युवा टोलीले आफ्नो रणनीति अनुसार खेलेको प्रशिक्षक बाल गोपाल महर्जनले बताएका छन् ।

दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सविरुद्ध २–१ गोलले जितेको युवा टोलीले रणनीतिक रुपमा सफल भएको प्रशिक्षककोे दाबी छ ।

‘खेलाडीहरुले रणनीति अनुसार खेले । सुरुमा केही नमिलेको जस्तो पक्कै भएको थियो,’ प्रशिक्षक महर्जनले भने,‘पहिलो एक गोलले पछि हुँदा पनि खेलाडीहरुले आत्मविश्वासका साथ खेले ।’

नेपाल पहिलो हाफको १८ औं मिनेटमा माल्दिभ्ससँग १–० पछि परेको थियो । उक्त गोल फर्काउन नेपालले ४३ मिनेटसम्म कुर्नु परेको थियो । नेपालका लागि मिडफिल्डर अभिषेक रिजालले गोल गरेका थिए ।

गोलपछि अभिषेकले टि–सर्ट खोलेर सेलिब्रेसन गर्दा उनी रेफ्रिको कारबाहीमा परे । ‘जसमा उनले पहेँलो कार्ड पाए ।

दर्शकको उल्लेख्य उपस्थिती रहेको खेलमा खेलाडीहरुले समर्थकलाई खुसी पार्न सफल भएको प्रशिक्षकले प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ४ : ५२ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ