‘नेपाली समर्थकले भरिभराउ दशरथ रंगशालामा खेल्ने सपना पूरा भयो’ « Khabarhub

‘नेपाली समर्थकले भरिभराउ दशरथ रंगशालामा खेल्ने सपना पूरा भयो’



काठमाडौं – नेपाली यु–२३ का गोलकिपर विकेश कुथुले दशरथ रंगशालामा ठूलो ‘क्राउड’मा खेल्ने आफ्नो सपना पूरा भएको बताएका छन् ।

‘आजको खेल राम्रो भयो । मैले यो रंगशालामा यति ठूलो क्राउडमा खेल्न पाएको थिइनँ । तर, आज त्यो सपना पुरा भएको छ,’ कुथुले खेलपछि भने ।

माल्दिभ्स र नेपालको खेल हेर्नका लागि दशरथ रंगशालामा नेपाली दर्शको बाक्लो उपस्थिती रहेको थियो । समर्थकको साथले पनि नेपाललाई जित दिलाउन सहज भएको उनले बताए ।

१३ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको तेस्रो खेलमा युवा टोलीले आफ्नो रणनीति अनुसार खेलेको प्रशिक्षक बाल गोपाल महर्जनले बताएका छन् ।

दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सविरुद्ध २–१ गोलले जितेको युवा टोलीले रणनीतिक रुपमा सफल भएको प्रशिक्षककोे दाबी छ ।

‘खेलाडीहरुले रणनीति अनुसार खेले । सुरुमा केही नमिलेको जस्तो पक्कै भएको थियो,’ प्रशिक्षक महर्जनले भने,‘पहिलो एक गोलले पछि हुँदा पनि खेलाडीहरुले आत्मविश्वासका साथ खेले ।’

नेपाल पहिलो हाफको १८ औं मिनेटमा माल्दिभ्ससँग १–० पछि परेको थियो । उक्त गोल फर्काउन नेपालले ४३ मिनेटसम्म कुर्नु परेको थियो । नेपालका लागि मिडफिल्डर अभिषेक रिजालले गोल गरेका थिए ।

गोलपछि अभिषेकले टि–सर्ट खोलेर सेलिब्रेसन गर्दा उनी रेफ्रिको कारबाहीमा परे । ‘जसमा उनले पहेँलो कार्ड पाए ।

दर्शकको उल्लेख्य उपस्थिती रहेको खेलमा खेलाडीहरुले समर्थकलाई खुसी पार्न सफल भएको प्रशिक्षकले प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ४ : ५२ बजे

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ