आज भुटानले हारे नेपाल फुटबलको फाइनलमा ! « Khabarhub

आज भुटानले हारे नेपाल फुटबलको फाइनलमा !


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माल्दिभ्सलाई हराउँदै १३ औँ दक्षिण एशियाली खेलकुद अन्तर्गतको पुरुष फुटबलमा नेपाल स्वर्ण पदकका लागि फाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ ।

शनिवार दशरथ रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई २-१ गोलले पराजित गरेको थियो । गत दक्षिण एशियाली खेलकुदको स्वर्ण पदक विजेता नेपालको यो तीन खेलमा दोस्रो जित हो ।

यो नतिजापछि नेपाल सात अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ। लिगको समाप्तिमा शीर्ष स्थानमा रहने दुई देशले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।


शनिवार माल्दिभ्सले १८औँ मिनेटमा गोल गरेर अग्रता लिएको थियो । अभिषेक रिजालले ४३औँ मिनेटमा गोल गरेर बराबरी गरे भने अनन्त तामाङले ५१औँ मिनेटमा गोल गरेर नेपाललाई अग्रता दिलाएका हुन् ।

शनिवार बेलुका श्रीलङ्का र भुटानबीच खेल हुँदैछ । सो खेलमा भुटान पराजित भए नेपाल फाइनलका लागि छनौट हुनेछ । अन्तिम लिग खेल आइतवार नेपाल र बाङ्ग्लादेशबीच हुनेछ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ५ : १२ बजे

सडक आश्रित मानवमुक्त घोषणा गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद