पतिले चलाइरहेको मोटरसाइकलबाट खसेर पत्नीको मृत्यु « Khabarhub

पतिले चलाइरहेको मोटरसाइकलबाट खसेर पत्नीको मृत्यु


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका ७ बस्ने ५३ वर्षीया ज्ञानदेवी धिमाल रहेकी छिन् ।

प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार कमल गाउँपालिका ७ बाह्रघरे चोकस्थित पाडाजुंगी-गौरीगञ्ज भित्री सडक खण्डमा शनिबार भएको दुर्घटनामा धिमालको ज्यान गएको हो ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ११ प १२२९ नम्बरको मोटरसाइकल तुलसीराम धिमालले कुदाइरहेको अवस्थामा पछाडि सवार उनकी श्रीमती ज्ञानदेवी सडकमा लडेर गम्भीर घाइते भएकी थिइन्। घाइते उनलाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक पुर्‍याएलगतै डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ७ : २९ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट