१३औँ साग : ह्याण्डबलमा नेपाली महिला टोली फाइनलमा « Khabarhub

१३औँ साग : ह्याण्डबलमा नेपाली महिला टोली फाइनलमा


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत ह्याण्डबलमा कठोर मेहनतका साथ नेपाली महिला टोली पहिलोपटक फाइनलमा प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनल खेलमा नेपालले पाकिस्तानलाई २२–२१ गोलअन्तरले पराजित गर्दै महिला टोलीले पहिलोपटक फाइनलको यात्रा तय गरेको हो । टोलीले उपाधिका लागि आइतबार नेपाल भारतसँग भिड्ने छ । खेलमा नेपालका लागि उमा राईले सर्वाधिक ११ गोलको योगदान दिइन् ।

आजै भएको महिला ह्याण्डबलको पहिलो सेमिफाइनल खेलमा भारतले बङ्गलादेशलाई ४१–१३ गोलअन्तरले जित हासिल गर्दै फाइनल पुगेको छ । भारतका लागि सर्वाधिक गोल उमा र सोनिकाले सर्वाधिक समान ६ गोल गरे । बङ्गलादेश र पाकिस्तान आइतबार कास्य पदकका लागि खेल्नेछन् । १२औँ संस्करणको महिला ह्याण्डबलमा भारत स्वर्ण पदक विजेता र बङ्गलादेश रजत पदक विजेता हो ।

पुरुष ह्याण्डबलमा भारत र पाकिस्तान फाइनलमा

साग खेलकूदअन्तर्गत पुरुष ह्याण्डबलको फाइनलमा भारत र पाकिस्तान प्रवेश गरेको छ । भारतले श्रीलङ्कालाई र पाकिस्तानले बङ्गलादेशलाई हराउँदै फाइनल पुगेको हो ।

आज भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई ३९–३२ गोलले हराउँदै फाइनल पुगेको हो । भारतका लागि सर्वाधिक दीपक र नवीन सिंहले सर्वाधिक समान सात गोल गरे ।

दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानले बङ्गलादेशमाथि २७–१७ ले गोल गर्दै फाइनल पुगेको हो । मोहम्मद उजिर आतिफले सर्वाधिक सात गोल गरे । आइततबार भारत र पाकिस्तान स्वर्णका लागि फाइनल खेल्नेछ । त्यस्तै, कास्य पदकका लागि श्रीलङ्का र बङ्गलादेश खेल्नेछ । सागको ११औँ संस्करणदेखि पुरुष ह्याण्डबल खेलले प्रवेश पाएको हो ।

जसमा ११औँ संस्करणमा पाकिस्तान स्वर्ण विजेता र भारत रजत पदक विजेता बनेको थियो । १२औँ संस्करणमा भारत स्वर्ण विजेता र पाकिस्तान रजत पदक विजेता हो ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ८ : ४५ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ